Friday,November 24, 2017
  • :
  • :

अन्तराष्ट्रिय

रात्रि क्लवमा भएको आक्रमणमा परी टर्कीमा ३९ जनाको मृत्यु

रात्रि क्लवमा भएको आक्रमणमा परी टर्कीमा ३९ जनाको मृत्यु


एएफपी
इस्तानबुल, १८ पुस । टर्कीको इस्तानबुलमा रहेको एक रात्रि क्लबमा नयाँबर्ष मनाउदै रमाइलो गरिरहेका व्यक्तिहरुबीच भएको गोली हानाहानमा परी ३९ जनाको मृत्यु भएको छ ।

यस घटनामा मारिएका मध्ये १६ जना विदेशी नागरिक रहेका प्रहरीले जानकारी दिएको छ । आक्रमणकारीले एक प्रहरी र सर्वसाधारणलाई प्रवेशद्धारमा नै गोली हानेर मारेका थिए ।

त्यसपछि ‘रिना’ नामक यस विशिष्ट रात्रिक्लवमा आक्रमणकारी पसेर गोली प्रंहार सुरु गरेका बताइएको छ । गृहमन्त्री सुलेमान सोएलुले आक्रमणकारीको खोजीकार्य तिव्र पारिएको र चाडै नै नियन्त्रणमा लिइने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले घटनामा परी मृत्यु भएका मध्ये २१ जनाको पहिचान खुलेकामा १६ जना विदेशी र पाँच जना टर्कीका रहेको जानकारी दिनुभएको छ । यस आक्रमणमा घाइते भएका अन्य ६९ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

“ती हत्यारा निकै निर्दयी र निक्रिष्टखालका रहेछन्, जसले केवल नयाँ वर्ष मनाउन आएका निर्दोष व्यक्तिहरुको हत्या गरेका छन्,” इस्तानवुलका गर्भनर भासिप सहीनले भन्नुभयो ।

जोडाङ समाचार समितिले गोली हान्ने दुईजना ‘सान्त क्लस’को पोशाकमा रहेका जनाएको छ । यद्यपी यसको पुष्टी हुन भने बाँकी नै रहेको छ ।
टेलिभिजनले देखाएका घटनास्थलका दृश्यमा महिलाहरुले ‘पार्टी डूेस’ लगाएको र पुरुषले कोट लगाएको देखिएको छ । 
   स्थानीय समयानुसार आइतबार बिहान सवा एक बजे आक्रमण सुरु भएको सहीनले जानकारी दिनुभयो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...