Friday,November 24, 2017
  • :
  • :

सम्पादकीय

नेकामा चुनाव


नेपाली काग्रेसको अधिवेशन हुन बाकी रहेका जिल्लाहरुमा  अधिवेशनको तयारी गरिएकोछ । महोत्तरी, पर्सा, धनुषा र सिराहा जिल्लामा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेकोछ ।

पार्टीको महाधिवेशन सम्पन्न भइसकेको वर्ष दिनपछि हुन लागेको जिल्ला अधिवेशनहरुको कार्यकाल अब स्वभाविक रुपमा एक वर्ष कम हुनेछ । महाधिवेशन गराउने समयमा जिल्ला अधिवेशनहरु भइसक्नु पर्ने थियो ।

तर आन्तरिक बिबादको कारण जिल्ला अधिवेशन हुन नसकेपनि महाधिवेशनमा ती जिल्लाका प्रतिनिधिहरुको सहभागिता भएको थियो । जिल्ला अधिवेशनको क्रममा देखिएको बिबाद हाल सम्म सुल्झिन नसकेपनि चुनावी प्रतिष्पर्धामा नेताहरु गइसकेका छन । चुनावका लागि नेताहरु छलफल, मत माग्ने लगायतका कामहरु थालेका छन ।

लोकतान्त्रिक पद्धतिमा नेतृत्व चयनका लागि सहमति हुन नसके चुनाव नै उत्तम उपाय मानिन्छ । मधेशी बिरोधी गतिबिधि गरेको कारण तराई मधेशमा काग्रेसका जिल्ला नेताहरुप्रति व्यापक गुनासो छ । उनीहरु मधेशी जनताको भावनालाई पार्टी नेतृत्वबाट सम्मान गराउन सकेनन । धेरैले काग्रेस परित्याग गर्दैछन । तरपनि का“ग्रेसमा नेताहरु नेतृत्वका लागि प्रतिष्पर्धा गर्नेछन ।

मधेश आन्दोलनको क्रममा जुलुसमा रहने नेकाका नेताहरुले आन्दोलनको मागलाई सम्बोधन गराउन केन्द्रिय नेताहरुलाई हारगुहार नगरेको होइन । तर एमाले र नेका“का शिर्ष नेताहरु उनीहरुलाई बधुवा मजदुर बाहेक केहि बुझदैनन । अहिले हुन लागेको प्रतिष्पर्धामा रहेका नेताहरुको विगत हेरेर निर्णय लिनु उपयुक्त हुनेछ । 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...