Tuesday,December 12, 2017
  • :
  • :

व्यापार

रहर खेती प्रविधि

रहर खेती प्रविधि


रहर एक महत्वपूर्ण तथा बहुउपयोगी दालबाली हो । भानडर माईसन् सन् १९८० का अनुसार रहरको उत्पत्ति भारतमा भएको विश्वास छ । पाखोबारीमा एक्लै वा कमैसिट मिश्रित बालीको रुपमा यसको खेती गरिन्छ ।

मध्य तथा पूर्वी तराईमा धान खेतको आलीमा रहर लगाइने गरिन्छ । तराई तथा भित्री मधेशमा परम्परागत रुपमा लामो अवधिको रहर खेती भै आएकोमा उक्त रहर वर्षमा एक बालीमात्र लिन सकिने र रोग तथा कीराको बढ्दो प्रकोपलेउब्जनीमा हुने क्ष्ँतिको कारण छोटो अबधिको रहर खेती गरेमा वर्षमा दुई बाली लिन सकिने भएकोले कृषकहरुको रुचि छोटो अबधिको रहरतर्फ बढेकोपाईको छ । बहुबाली प्रमाणीमा प्रति ईकाई जमिनबाट धेरै उब्जनी लिन छोटो अवधिको रहरको महत्व धेरै छ ।

नेपालमा यसको उत्पादन तथा क्ष्ँेत्रको हिसाबले रहर तेश्रँे कोशेबालीको स्थानमा रहेको छ । नेपालमा यसको खेती बर्षयाममा मात्र गर्ने प्रचलन रही आएको छ । यसको दानामा प्रशस्त मात्रामा प्रँेटिन, (२१.७ प्रतिशत), कार्बोहायड्रेट, रेसादार तत्व तथा खनिज पदार्थहरु पाईन्छन् । रहर विशेष गरी खाद्यन्न, ईन्धन, घा“स तथा माटोको उर्वराशक्ति बृद्धि गर्ने उद्देश्यले एकलो बाली, अन्तरबाली तथा मिश्रित बाली प्रणी यसको खेती गर्ने गरिन्छ ।

यसले हावामा भएको नाईट्रोजन लिई माटोको उर्वराशक्ति बढाउनमा सहयोग गर्दछ । नेपाली समाजमा दालको रुपमा अति नै रुचाईएको यो दालबालीको क्ष्ँेत्रफल २०,८८३ हेक्टर र कुल उत्पादन १९,१५२ मे.टन रहेको छ । भने उत्पादकत्व ८६९ के.जी प्रति हेक्टर रहेको छ ।

(स्टाटिष्टकल बुक २००८/९) संसारमा रहरका धेरै जातहरुको खेती गरिने भए पनि नेपालमा भने तपसिल बमोजिमका जातको खेती बढी पाईन्छ ।
नेपालमा खेती गरिने रहरका जातहरु
Cajanus cajan var flavus (tur)  : छोटो अवधिमा पाक्ने, छोटो उचाई भएको, पहेंलो फुल फुल्ने कोसाहरु भएको ।
Cajanus cajan var bicolour (Arhar)  :लामो अवधिमा पाक्ने जात अग्लो तथा बढी झ्या·िने खालको हुन्छ । फूलहरु पहेंलोमा कलेजी रंगको धर्सा भएका हुन्छन, ।कोशाहरु प्राय कालो र·को र ४ देखि ५ दाना भएका हुन्छन् ।
हावापानी तथा माटो
रहर एक सुख्खा सहने बाली हो । नेपालमा रहर बाली मधय तथा पश्चिमी तराई, भित्री मधेश तथा समुद्र सतहबाट ८०० मीटर सम्मको उचाई हुने पहाड,टार तथा बेशीमा गर्न सकिन्छ । बालीको सुरुको अवस्थामा बोटको राम्रो बृद्धिको लागि सुक्ष्म तथा गर्मी हावापानीको आवश्यकता पर्दछ । रहर खेती ७५० देखि १००० मि.लि. वार्षिक वर्ष हुने क्ष्ँेत्रमा सफलतापूर्वक गर्न सकिन्छ । फूलफुल्ने समय देखि कोशा लाग्ने समयसम्म चिसो मौसम तथा तेजिलो घाम हुन आवश्यक छ । रहरको फूल फुल्ने अवस्थामा तुषारो, अधिक वर्ष तथा बादल घुम्म भएमा बाली पूर्ण रुपमा सखाप हुन पनि सक्छ । नेपालमा विभिन्न किसिमको माटोमा रहर लगाएको पाईन्छ । तर यसको व्यवसायिक खेतीका लागि पानी नजम्ने दोमट, बलौटे दोमट माटो उपयूक्त हुन्छ । पानी जम्ने अम्लीय क्ष्ँरीयपन भएको माटोमा यसको खेती गरेमा गिर्खामा नराम्रो असर पर्दछ  र हावामा भएको वायुमण्डलीय नाइट्रोजन स्थिरिकरण गर्न बाधा पर्न जान्छ ।माटोको पी.एच. ६ देखि ७ भएमा बिरुवाले माटोबाट फस्फोरस बढी लिन सक्छ तथा जरामा गिर्खाहरु बढी हुन्छन् र उत्पादनमा बृद्धि हुन्छ ।
जग्गको तयारी
रहर खेती गरिने जग्गालाई माटो पल्टाउने हलोले जोतेपछि २ देखि ३ पटक स्थानीय हलोले वा कल्टीभेटरले जोतेर राम्ररी डल्ला फोरी पाटाले सम्याउने,झारपात हटाउने काम गर्नु पर्दछ र उचित चिस्यान भएको तथा पानी नजम्ने जगगाको छनौट गर्नु पर्दछ ।
बाली लगाउनेल समय
बर्षत सुरु भएपछि जेठको चौथो हप्तादेखि असारको पहिलो हप्ता सम्ममा बीउ रोप्नु पर्दछ तर ढिलो पाक्ने वागेश्वरी जातको रहर असार मसान्तसम्म लगाउन सकिन्छ । माटोको चिस्यान हेरी लगाउने समयमा केही अधिपछि गर्न सकिन्छ ।
बीउ दर तथा लगाउने तरिका
लामो अवधिमा पाक्ने जात जस्तैः
वागेश्वरीलाई १२ देखि १५ के.जी प्रति हेक्टर दरले लाइन देखि लाइनको दुरी ७५ से.मी. र बोट देखि बोटको दुरी २० से.मी. हलोको पछाडि वा लाइनमा लगाउनुपर्दछ । मध्यम तथा छोटो अवधिमा पाक्ने जात जस्तै रामपुर रहर १ लाई २० देखि २५ के.जी. प्रति हेक्टरको दरले लाइनदेखि लाइनको ५० से.मी र बोटदेखि बोटको दुरी २० से.मी. मा लगाउनुपर्दछ । तर आलीमा बीउ छर्दा आलीको दुवै छेउमा खुपीले २५ से.मी.को दूरीमा रोप्नुपर्दछ । रहरलाई मकैस“गै अन्तरबालीको रुपमा लगाउ“दा प्रत्येक दुई हार (लाईन) रहर पछि उक हार मकै (२ः१) लगाउनुपर्दछ ।
बीउ उपचार
बीउबाट सर्ने रोगहरु जस्तै जरा कुहिने रोग, डा“ठ कुहिने रोग, आदिबाट बचाउनको लागि बेभिष्टन विषादी २ ग्रँम प्रति के.जीका दरले बीउ उपचार गरेर रोप्नुपर्छ
मलखाद
माटोमा मलिलोपना हेरी २०ः४०ः३० (नाईट्रोजनःफस्फोरसः पोटास) के.जी रसायनिक मल प्रति हेक्टरका दरले जमिन तयार गर्दा मिलाउनुपर्छ ।
बिरुवाको संख्या
बाली हुर्कन–बढ्न लाग्ने समय र बोटले
कति ठाउ“ ओगटछ त्यसका आधारमा आवश्यक बिरुवाको संख्यानिर्धारण त्यसका आधारमा आवश्यक बिरुवाको संख्या निर्धारण हुन्छ ।
लामो अवधिमा पाक्ने र धेरै झ्यागिंने जातहरुले साधारणतया बढी ठाउ“ ओगट्छन् भने छोटो अवधिमा पाक्न र कम झया·िने जातहरुलाई कम ठाउ“को आवश्यकता पर्दछ ।
सिंचाई रहरबाली साधारणतया सुख्खा सहन सक्ने बाली हो र यसको विकसित जराहरु जमिनको तल्लो तहसम्म पुग्न सक्ने भएकोले कम चिस्यानको अवस्थामा पनि बा“च्न सक्छ । माटोको चिस्यानको अवस्थामा पनि बा“चन सक्छ । माटोको चिस्यान ४० प्रतिशतका हाराहारीमा हु“दा २ पटक (१६५ मि.लि.) सिंचाई दिंदा १९० प्रतिशत सम्म उत्पादन बढेकोपाइएको छ । छोटो अवधिमा पाक्ने रहरलाईपनि दुई सिंचाई दिनु पर्छ । प्रथम पटक फूल खेल्न सूरु हु“दा र अर्को कोशा भरिने अवस्थामा सिंचाई दिंदा रहर बालीको उतपादमा बृद्धि भएको पाईको छ ।
रहर बालीमा लाग्ने मुख्य रोगहरुः
१. फ्यूजारियम ओइलाउने रोग
यो रोग बीउ र माटोबाट सर्दछ । यसक रोगको ढुसी माटोमा, रोगी बालीको ठुटोमा ३ बर्षसम्म रहन सक्छ ।आइलाउने रोगको लक्ष्ँणहरु खास गरेर फूल फुल्ने समयमा र कोशा लाग्ने समयमा देखिन्छन् ।
लक्ष्ँणहरु
फूल फूल्ने तथा कोशा लाग्ने समयमा मरेका बोटहरु यताउती देखिनु नै रोगको पहिलो पहिचान हो । बिरुवाको डा“ठबाट टुप्पातिर प्याजी रंगको धब्बामुनि डा“ठ खैरो हुनु र भित्री तन्तु चाहिं खैरो वा कालो हुनु हो ।
रोग व्यवस्थापन
ँरोग अवरोधक जातहरुको खेती गर्ने जस्तैः रामपुर रहर –१
ँतीन वर्ष अवधिको घुम्ती बाली पद्धति अपनाउने ।
ँबेनलेट टी ३ ग्रँम प्रति किलोको बीउ दरले उपचार गर्ने ।
रहर बालीमा लाग्ने कीराहरु तथा रोकथामका उपायहरुः
रहर बालीलाई कीराले सिजन, स्थान विशेष अनुसार विभिन्न प्रकारले क्ष्ँति पुर्याइरहेको हुन्छ । कोशामा लाग्ने गबारो, कोशामा लाग्ने झिंगा, पुतली समूहका कीराहरु तथा बीष्टल बिटल (घाउ गराउने खपटे) आदि अधिक नोक्सान पुर्याने कीहरु हुन झुसिले किराहरुले रहको पात र फुलहरु खाएको स्पष्ट देख्न सकिन्छ ।
यसको रोकथामको लागि इन्डोसल्फान २ एम.एल.प्रति लिटर पानीमा मिसाई छेमा वा झुसिलकीराका मसिना लार्भाहरु भएको पातलाई टिपी जलाईदिने वा खाल्टोमा गाडीदिने गरेमा गाम्ररी नियन्ण गर्न सकिन्छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...