Friday,November 24, 2017
  • :
  • :

समाज/गाउँघर

मानव अधिकार निगरानी समूह गठन


टुडे समाचारदाता
जनकपुरधाम, पुस १६ । मानव अधिकारको क्षेत्रमा कार्य गर्दै आएको संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्ला स्तरिय मानव अधिकार निगरानी समूह गठन गरेको छ ।

जनकपुरमा शुक्रवार बसेको मानव अधिकारकर्मी, संचारकर्मी, कानुन विद लगायतको भेलाले  सुरेश यादवको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो ।

स्थानिय समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत गठित समूहको सदस्य सचिवमा अधिकारकर्मी उर्मिला यादवलाई चयन गरिएको छ भने सदस्यहरुमा अधिवक्ता अरुण कुमार यादव, अधिकारकर्मीहरु अनिता साह, विभा देवी, दिपेन्द्र दास, नागरिक समाजका अगुवा नथुनीलाल दास तथा संचारकर्मीको तर्फबाट दिपेन्द्र सिंह, कैलास दास, पुरन साह र जितेन्द्र सिंहलाई चयन गरिएको छ ।

गठित समितिले छनोटमा परेका शान्तिपुर र बटेश्वर गाविसमा शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा कार्य गर्ने इन्सेक प्रतिनिधि विनोद महराले बताए ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...