Friday,November 24, 2017
  • :
  • :

अन्तराष्ट्रिय

अमेरिकाले गयो रसियालीलाई देश निकाला


एएफपी
वासिङ्गटन, १६ पुस । संयुक्त राज्य अमेरिकाले ३५ जना रसियाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकामा हालै सम्पन्न राष्टूपतीय निर्वाचनमा रसियालीले साइबर हमला गरेको आरोप अमेरिकाले लगाएको छ ।

अमेरिकी राष्टूपति बाराक ओबामाले बिहीबार ती रसियालीलाई देश निकाला गरेको घोषणा गर्नुभएको हो । आप्mनो कार्यकाल सकिन केही हप्तामात्र बाँकी रहेको बेला राष्टूपति ओबामाले ती रसियालीलाइ देश निकाला गर्नुभएको हो ।

अमेरिकी राष्टूपतिले ३५ जना रसियाली नागरिक र अरु विभिन्न नौ वटा सङ्घ संस्थालाई पनि आर्थिक नाकाबन्दी लगाएको घोषणा गर्नुभएको छ ।
पछिल्लो समयमा ती संस्था र व्यक्तिमाथि निगरानी राखिएको थियो । ती व्यक्ति र संस्थाले अमेरिकामा हालै भएको राष्टूपति निर्वाचनमा साइबर हमला गरी निर्वाचनमा अवरोध पु¥याएको जनाइएको छ ।

उनीहरुलाई ७२ घन्टाभित्रै घर छोड्न आदेश दिइएको छ । साथै ती सूचना प्रविधिमा कामगर्ने सङ्घ संस्थालाई पनि आर्थिक कारोबार गर्नबाट रोक लगाइएको छ ।
त्यसैगरी रसियाली सरकारको मातहतमा रहेका भनिएका न्युयोर्कमा रहेको एक र म्यारिल्याण्डमा रहेको अर्काे एक गरी दुई वटा कार्यालय पनि तत्काली बन्द गराइने अमेरिकी सरकारले जनाएको छ ।

अमेरिकी सरकारको यो पछिल्लो निर्णयले पछिल्ला केही समययता रहेका अमेरिका र रसियाको विवाद सतहमा आएको विश्लेषकहरुले जनाएका छन् ।
अमेरिकी निर्वाचनमा राष्टूपतिका उम्मेदवार हिलारी क्लिन्टनको इमेल काण्डलाई बाहिर ल्याइएपछि त्यस विषयमा वर्तमान सरकारले त्यसको अनुसन्धान गरिरहेको थियो ।

इमेल काण्डलाई बाहिर ल्याउने र क्लिन्टनलाई हराउने काममा रसियाको हात रहेको जानकारी यसअघि नै बाहिर आएको थियो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...