Saturday,April 21, 2018
  • :
  • :

खेलकुद

आठौें राष्ट्रिय खेलकुद मध्यपश्चिमाञ्चलमा


टुडे समाचारदाता
काठमाण्डौ, १६ पुस । एक साता अघि सुरु भएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको छ । शनिबार उपराष्ट्रपति ननदबहादुर पुनले प्रतियोगिताको समापन गर्नुभएको हो ।
पूर्वाञ्चलमा सम्पन्न सातौ राष्ट्रिय खेलकुदमा १ सय १२ स्वर्ण, ६० रजत र ४७ काश्य जित्दै नेपाल आर्मी प्रथम हुन सफल भएको छ ।

यसैबीच ४८ स्वर्ण, ४९ रजत र ५८ काश्य जित्दै शसस्त्र प्रहरीको एपिएफ दोस्रो स्थानमा रहन सफल भयो । यस्तै ४० स्वर्ण, ३७ रजत र ३९ काश्यका साथ पुलिस तेस्रो स्थानमा रह्यो । यसैबीच आठौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलमा हुने भएको छ । पूर्वाञ्चलमा जारी सातौं संस्करणको समापन कार्यक्रममा मध्यपश्चिमाञ्चलाई झण्डा हस्तान्तरण गरिएको हो ।

आठौं राष्ट्रिय खेलकुद २०७५ सालमा आयोजना हुने छ । यसैबीच २०७७ मा हुने नवौ राष्ट्रिय खेलकुदको आयोजना पश्चिमाञ्चलले गर्ने घोषणा गरिएको छ ।
यसैबीच फुटबलमा एपिएफले स्वर्ण पदक जितेको छ । धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको फाइनलमा आर्मीलाई २–० ले हराउदै एपिएफले फुटबलमा स्वर्ण जितेको हो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...