Thursday,October 19, 2017
  • :
  • :

राष्ट्रिय

‘तीन दिनभित्र सहमति नगरे संसद प्रक्रियामा अघि बढ्छ’

‘तीन दिनभित्र सहमति नगरे संसद प्रक्रियामा अघि बढ्छ’


टुडे समाचारदाता
काठमाडौं, १५ पुस । व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दललाई तीन दिनभित्र सहमति गर्नको लागि अल्टिमेटम दिएकी छिन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेका क्लबका प्रतिनिधिहरुको ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीमगरले आजको तीन दिनभित्र दलहरुले सहमति जुटाउने विश्वास आफूले लिएको बताईन् ।

उनले भनिन, ‘दलहरु सहमतिको नजिकमा पुग्नुभएको कुरा उहाहरुले मलाई जानकारी गराउनुभएको छ, त्यसैले उहँहरुवीच अझै घनिभुत छलफल होस् भनेर नै मैले तीन दिनको समय दिएको छु ।’ उनले तीन दिनभित्र पनि दलहरुवीच सहमति हुन नसके प्रक्रियामा अघि बढ्ने पनि बताईन् ।

उनले अबको संसद बैठकमा शीर्ष नेताहरुलाई अनिवार्य उपस्थित् हुनको लागि पनि आफूले निर्देशन दिएको जानकारी गराईन् । उनले भनिन, ‘मैले उहाहरुलाई भ्याली बाहिर नजानको लागि पनि निर्देशन दिएको छु, अबको बैठक सदनमै हुन्छ, संसदभित्रै बैठक गर्नको लागि पनि मैले निर्देशन दिएको छु, आशा गरौं यो वीचमा सहमति हुन्छ ।’

आउदो संसद बैठक (पुस १८) अघि नै विषयमा सहमति नभए एउटामात्रै बैठक नराखिने सभामुखले जानकारी दिईन । ‘सो समयभित्र उहँहरुले सहमति गर्नुभएन भने १८ गते एक मात्र होइन, ग्याप राखेर एकै दिन दुईरतीन वटा बैठक राख्नेछु, उनले भनिन, ‘प्रमुख दलहरुलाई छलफल गर्नका लागि कार्यव्यवस्था परामर्श समितिमा पनि मैले भनिसकेको छु ।’

सहमतिको लागि अहिले दलहरुवीच एक पक्षीय, द्धिपक्षीय र बुहपक्षीय वार्ता तथा सम्वादहरु भैरहेको जानकारी दिँदै उनले भनिन, ‘मैले उहाहरुसग धेरैपटक वार्ता तथा छलफल गरेको छु, परिणामस्वरुप हिजोमात्रै पनि उहँहरुवीच संविधानको प्रावधान अनुसार स्थानीय तहको निर्वाचन गर्नेबारे सहमति भएको कुरा आएको छ, यो अत्यन्तै सुखद खबर हो ।’

अब संसदभित्रको बहुमतले जे भन्छ सोही अनुरुप निर्णय लिइने पनि उनले बताईन् । उनले जनताका जनप्रतिनिधिको मतलाई पनि कदर गर्नुपर्नेमा जोड दिईन् । उनले संविधान जारी भएपछि देशलाई समृद्धिको दिशामा अघि बढाउनुपर्ने बेलामा र संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा सदन अवरुद्ध हुनु दुःखद भएको टिप्पणी गरिन् ।
सभामुख घर्तीमगरले आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने बाध्यतालाई सबैले गम्भिर रुपमा लिनुपर्ने बताउदै भनिन, ‘अहिलेपनि सदनमा निर्वाचनसम्बन्धी दुई वटा विद्येयक कार्यसूचिमा छन् ।’

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...