Tuesday,December 12, 2017
  • :
  • :

राष्ट्रिय

‘निर्वाचनका लागि संविधान संशोधन’


रासस
भक्तपुर, १५ पुस । नेपाली काग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले संविधानमा असन्तुष्ट रहेका १० प्रतिशतलाई पनि सन्तुष्ट बनाएर निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । चालिसौ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बिपी चिन्तन प्रतिष्ठान, भक्तपुरले आयोजना गरेको ‘राज्यमा विधिको शासन’ विषयको विचार गोष्ठीमा उहँले निर्वाचनका लागि संविधान संशोधन अत्यावश्यक छ भन्नुभयो ।

उहँले संविधान कार्यान्वयनको आधारशीला निर्वाचन भएकाले त्यसमा जान पनि संविधान संशोधन आवश्यक रहेको औल्याउनुभयो । संसद्मा संविधान संशोधन प्रस्तावमा छलफल गरी त्यसलाई परिमार्जन गरेर पनि जान सकिने भएकाले नेकपा(एमाले)लगायत प्रतिपक्ष दललाई संसदीय विधिको उल्लंघन गर्न छाडेर संविधान कार्यान्वयनको बाटो खोल्नका लागि संसद् खुलाउन उहाले आग्रह गर्नुभयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले दलहरु सहमतिको नजिक पुगेकाले सरकारले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताउनुभयो । कार्यक्रममा सांसद रामेश्वर ढुंगेल, काग्रेस भक्तपुर सभापति दुर्लभ थापा, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थलगायतले लोकतन्त्रलाई बलियो बनाउन सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...