Friday,November 24, 2017
  • :
  • :

समाज/गाउँघर

मृगौला तस्कर गिरोह पक्राउ

मृगौला तस्कर गिरोह पक्राउ


टुडे समाचारदाता
काठमाण्डौ, १५ पुस । पीडितलाई झुक्याएर मिर्गौला तस्करी गर्दै आएको समूह पक्राउ परेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले काभ्रे महादेवस्थानका विकास भन्ने बिनुबहादुर तिमिल्सना, दोलखाका प्रकाश बस्नेत र कास्कीका भीमप्रसाद न्यौपानेलाई पक्राउ गरेको हो ।

उनीहरुले आकर्षक रोजगारीका लागि भनेर भारत पुर्याउने र थाहै नदिई मिर्गौला निकालेर बिक्री गर्दै आएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । प्रहरीका अनुसार त्यसरी उनीहरुले ५ जना गरिब व्यक्तिको मिर्गौला बिक्री गरिसकेका थिए । 

उनीहरुले कामका लागि भनेर दिल्ली पुर्याउने र बेहोस हुने औषधी खुवाएर मिर्गौला निकाल्ने गरेका थिए । होस खुलेपछि ‘तिमीहरुलाई लुटेराले चक्कु हानेको हो त्यही भएर अस्पताल भर्ना गर्नुपरेको’ बताएको पीडितहरुले जनाएका छन् । पछि नेपाल आएको ५–६ महिनापछि मात्र उनीहरुले आफूहरुको मिर्गौला बेचिएको थाहा पाएका हुन् ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...