Tuesday,December 12, 2017
  • :
  • :

व्यापार

उखु क्रसिङ सुरु


रासस
    कलैया, १५ पुस । बारा जिल्ला मनहर्वा–५ स्थित रिलायन्स सुगर एन्ड केमिकल उद्योगले उखु क्रसिङ गर्ने कार्य बुधबारदेखि सुरु गरेको छ ।
    उद्योगका प्रबन्धक राजेश पाण्डेका अनुसार बारा, पर्सा जिल्लाका कृषकले करिब चार हजार २५६ बिगाहा जमिनमा उत्पादित उखु खरिद गरी करिब ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य उद्योगले लिएको र १३ ठाउँमा उखु खरिद केन्द्र राखिएको
छ । सो उद्योगले गत वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएकामा १८ लाख १२ हजार ३१३ क्विन्टल उखु क्रसिङ गरी एक लाख ७५ हजार ६३९ क्विन्टल चिनी उत्पादन गरेको थियो ।
 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...