Tuesday,January 23, 2018
  • :
  • :

खेलकुद

टेभेज सबैभन्दा बढी तलब पाउने खेलाडी

टेभेज सबैभन्दा बढी तलब पाउने खेलाडी


एजेन्सी
काठमाडौं । कार्लोस टेभेज चिनियँ क्लब सांघाई शेन्हुआमा अनुवन्धित भएका छन् र लिओनल मेस्सी रोनाल्डोलाई धेरै पछि पार्दै विश्वकै सबैभन्दा धेरै तलब पाउने फुटबलर बनेका छन् ।

समाचारहरुमा जनाइए अनुसार उनले साताको ६ लाख १५ हजार पाउण्ड तलब पाउने अनुमान गरिएको छ । ३२ वर्षीय टेभेज आप्mनो बाल्यकालको क्लब बोका जुनियर्सबाट चिनियँ सुपर लिगको क्लबमा गएका हुन् । क्लबका टिममेटलाई भेट्नु अघि उनको मेडिकल हुनेछ ।

बोका जुनियर्सले एक वक्तव्य निकाल्दै टेभेजले क्लब छाडेको पुष्टि गरेको छ र उनको भविश्यमा सफलताको कामना गरेको छ । र, भनेको छ, शुभकामना कार्लिटोस् । तिमीसधै हाम्रो मनमा हुनेछौं । वेष्टह्यामबाट इंग्लिस फुटबलमा आएका उनले म्यानचेष्टर युनाइटेड र सिटीबाट खेले । त्यसपछि इटालियन क्लब युभेन्टसमा गएका टेभेज अर्जे्न्टिना फर्किए र उपाधि जिते ।

क्लब फुटबलबाट सन्यास लिने चर्चा चलिरहेका बेला उनी कीर्तिमानी मूल्यमा चीनतिर लागेका छन् । चाइनिज सुपर लिगको चौथो स्थानमा सिजन अन्त्य गरेको सांघाई शेन्हुआमा चेल्सीका पूर्व स्ट्राइकर डेम्बाका, इन्टर मिलानका फ्रेडी पनि छन् ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...