Friday,November 24, 2017
  • :
  • :

सम्पादकीय

सहमतिमा आउ


सत्तासिन दलका नेताहरु र संघिय गठबन्धन समेतका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुबीच छलफल भएकोछ । सहमतिका लागि सभामुख ओनसरी घर्तीले पटकपटक प्रयास गरेकीछन । तर सफलता मिलेको छैन ।

सहमतिको प्रयास तीन ठूला दलका शिर्ष नेताहरुबीचपनि भएकोछ ।तर सफल हुन सकेको छैन । सत्तासिन दलहरु र संयुक्त लोकतान्त्रि मधेशी मोर्चाका नेताहरुबीचपनि सहमति बन्न सकेको छैन ।

सहमतिका लागि धेरै पटक नेताहरु बैठक गरे । तर अडान नछाडदा सहमतिमा पुग्न सकेको छैन । संबिधान संशोधनका लागि दर्ता गरिएको प्रस्तावलाई परिमार्जन सहित पास गराउन मोर्चाका नेताहरुले भन्दै आएका छन । एमालेका नेताहरुले संघियताकै बिरोध गर्न थालेकाछन ।नेपाली का“ग्रेसको प्रष्ट दृष्टिकोण आएको छैन ।नेकपा माओवादी केन्द्र अलमलमा छ ।

दिन बित्दैछ । संबिधान कार्यान्वयनका लागि निर्धारण गरिएको समय सीमा छोटिदैछ । पुस मसान्त भित्र कानून संशोधन नभए वैशाखमा चुनाव हुन नसक्ने निर्वाचन आयोगले सार्वजनिक गरिसकेकोछ ।माघ सम्म यो समस्या लम्बिए जेठमा समेत चुनाव हुन सक्दैन । समस्या लम्बिदै जादा देसमा चुनाव हुन कठिन हुनेछ । आउ“दो वर्ष माघ ७ गते सम्म तीन तहको चुनाव नभए अर्को संबिधान बनाउनु पर्ने संबैधानिक प्रावधान रहेको कानून व्यवसायीहरुको कथन छ ।

संघिय लोकतान्त्रिक गणतन्त्र बिरुद्ध एमाले सुरुदेखि नै रहेकोछ । अहिलेपनि एमालेले संबिधानलाई असफल बनाएर संघियता र गणतन्त्रलाई अमान्य गर्ने भित्री तयारीमा रहेको आरोप छ ।तर मुलुकलाई राजनीतिक निकास दिन सहमति गर्नैपर्छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...