Tuesday,January 23, 2018
  • :
  • :

खेलकुद

आफै प्रशिक्षक आफै खेलाडी

आफै प्रशिक्षक आफै खेलाडी


रासस
विराटनगर, १४ पुस । सुनिता बोहराको एउटै धेय छ, ज्यानले साथ दिँदासम्म जुडो खेल्ने । त्यसमा घरपरिवारको साथ र सहयोग आवश्यक छ । म्याचमा उत्रेपछि उहँको लक्ष्य स्वर्ण पदक चुम्ने मात्र हुन्छ । अहिलेसम्म खेलपिच्छे प्राय स्वर्ण पदकमा कब्जा पनि जमाउनुभएकै छ ।

पाचौ राष्टिूय खेलकुद प्रतियोगितामा रजत पदकमा चित्त बुझाए पनि त्यसपछिको छैटौं र सातौ राष्टिूय खेलमा सुनिताले लगातार स्वर्ण पदक जित्दै आउनुभएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुरका उहाले स्वर्ण पदक सहजै जित्नुभएको भने होइन् ।

कञ्चनपुरकै पहिलो जुडो खेलाडी सुनिताले जुडो खेल्न थालेको ६ वर्षमा पाच स्वर्ण र एउटा रजत पदक जितिसक्नुभएको छ ।
जुडो खेलेदेखि उहाले त्यसमा प्रशिक्षण पनि दिदै आउनुभएको छ । “म आफै प्रशिक्षक आफै खेलाडी हू,” स्वर्ण पदक जितेपछि झापाको धुलाबारीमा रासससित उहँले भन्नुभयो । “प्रतियोगितामा जति खेलाडीसग भिडेँ साझ बिहान घरमा उनीहरूकै सिको गरेर जुडोको अभ्यास गर्ने गरेको थिए ” उहँले बताउनुभयो । सुनिताले २०६५ सालदेखि आफँैले आफूलाई प्रशिक्षित पार्दै आउनुभएको छ ।

त्यतिबेला जुडोको एक्लो खेलाडीका रुपमा रहेका उहँले अहिले १० खेलाडी तयार पारिसक्नु भएको छ । विसं २०६८ फागुनमा सुदूरपश्चिममा आयोजना गरिएको छैटौ राष्टिूय खेलकुद प्रतियोगितामा सुनितासगै आशिश ओझाले कञ्चनपुरबाट सहभागिता जनाउनुभएको थियो । सो प्रतियोगिताामा दुबैजनाले स्वर्ण पदक जित्नुभएको थियो । अहिले पूर्वाञ्चलमा सातौँ राष्टिूय प्रतियोगितामा उहाले उत्पादन गरेका सात खेलाडी छन् ।

सुरुवातमा सुनिता करँते खेल्नुहुन्थ्यो । चार कक्षा पढ्दादेखि उहा कराँतेमा होमिनुभएको हो । तर पँचौ राष्टिूय खेलकुद प्रतियोगितामा करँतेको क्षेत्रीय छनोट प्रतियोगिताबाटै बाहिरिएपछि उहाको मन कुँडियो । सँगैका साथि राष्टिूय प्रतियोगिताको तयारीमा जुट्नुभयो । तर सुनिता पीडा खप्न नसकेर घरमै बस्नुभयो ।
 “निराश भएर घरमै बसेकी थिए, एकजना साथीले जुडोको छनोटका लागि भाग लिन सल्लाह दिनुभयो” उहाले विगत सम्झिदै भन्नुभयो “नाम मात्र सुनेको खेलको छनोटमा कसरी सहभागी हुने, सम्झिनै सकिन, तर साथीको करकापले छनोटमा सहभागी भए ।”

तेक्वान्दो खेलाडी निर्मला चौधरीले ख्याल ख्यालमै दिएको सल्लाहकै कारण सुनिता अहिले जुडो खेलाडीको रुपमा स्थापित भइसक्नुभएको छ । निर्मलाले सुनितालाई कञ्चनपुरको खुल्लामञ्चमा जुडोका प्रशिक्षक हरि श्रेष्ठलाई भेटाइदिनुभयो । यो पाचौं राष्टिूय प्रतियोगिता सुरु हुन १० दिन अघिको कुरा थियो । बाँकेका जुडो प्रशिक्षक श्रेष्ठ खेलाडीको खोजी गर्दै कैलालीको धनगढी हुँदै भीमदत्तनगरसम्म पुग्नुभएको थियो । कम तौलका खेलाडी भेटाए पनि बढी तौलका खेलाडीको अभाव थियो जुडोमा । ८५ किलो तौलको हाराहारी भएकै कारण प्रशिक्षक श्रेष्ठले सुनितालाई जुडो खेल्न कर गर्नुभयो ।

अनि उहँले सुनितालाई सोझै धनगढी लगेर जुडो सिकाउन थाल्दा पाचौ राष्टिूय खेलकुद प्रतियोगितामा काठमाडौमा भिड्ने पक्कापक्की भयो । उक्त तौल समूहमा उहा सुदूरपश्चिमको एक्लो खेलाडी हो । सो क्षेत्रमा उहाको प्रतिस्पर्धी कोही पनि भेटिएनन् । “आप्mनो तौल बढी हुनु नै मेरा लागि अवसर बन्यो,” उहँले भन्नुभयो “दुई दिनसम्म जुडो खेलबारे बुझ्नै समय लाग्यो । बाकी आठ दिनको अभ्यासका भरमा प्रतिस्पर्धाका लागि काठमाँडौँतर्फ लागेँ र सो प्रतियोगितामा रजत पदक जित्न सकँे । त्यसयता हरेक प्रतियोगितामा स्वर्ण पदक जित्दै आएकी छु ।”

“पदकले हौसला बढायो, खेल्न उत्साहित बनायो,” विगत सम्झिदै सुनिताले भन्नुभयो, “पँच वर्षअघि सुदूरपश्चिममै सम्पन्न छैठौं राष्टिूय प्रतियोगितामा मैले स्वर्ण पदक पाए । यसपाली सातौँमा समेत स्वर्ण पदकमा कब्जा जमाउनु सकेँ । छैटौलगत्तै काठमाडौमा सातौं दक्षिण एसियाली जुडो च्याम्पियनशिपमा समेत स्वर्ण पदक जितेको थिए ।”

कञ्चनपुरको खुल्लामञ्चमा अभ्यासमा जाँदा उहँ जुडोको एक्लो खेलाडी । त्यसैले सुनिताले अधिकांश समय करँते खेलाडीसगै अभ्यास गर्दैआउनुभयो । “अभ्यासै नगर्दा खेल्न नसकिएला भन्ने डर,” उहँले भन्नुभयो, “कराँतेकै अभ्यासका भरमा नै मैले २०६८ सालमा छैठौ राष्टिूय प्रतियोगितामा जुडोमा ७८ किलोमाथिको तौलमा स्वर्ण पदक पाएँ । जुडोले उहँको मन लोभ्याएको छ । घरपरिवारको साथ र सहयोग पाउँदासम्म स्वर्ण पदकका लागि खेलिरहने सुनिताले प्रतिज्ञा गर्नुभएको छ । प्रशिक्षणबिना नै कुनै खेलाडीले जुनसुकै खेलमा पनि स्वर्ण पदक चुम्नु चानचुने कुरा होइन् । त्यो पनि पँच÷पाच पटक । अझ विभागीय खलाडीको दबदबा रहेको स्थितिमा मोफसलका खेलाडीले स्वर्ण पदक जित्नु दुर्लभ नै मानिन्छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...