Friday,November 24, 2017
  • :
  • :

छर-छिमेक

अपाङ महासंघ नेपालको चौथो महाधिवेशन सम्पन्न


टुडे समाचारदाता
वीरगंज, १४ पुस । राष्टिूय मधेसी अपाङ महासंघ नेपालको चौथो महाधिवेशन मंगलबार जिविस पर्साको सभाहलमा सम्पन्न भएको छ ।
संघका केन्द्रिय अध्यक्ष प्रेम नारायण झाको सभापतित्वमा सम्पन्न महाधिवेशनमा प्रमुख अतिथी पुर्व कृषि राज्यमन्त्री करिमा वेगम,अतिथीहरु राष्टिूय मधेसी शहिद उद्यान समितीका अध्यक्ष श्रीपति चौधरी, नेपाल सदभावना पार्टी महिला मंच पर्साका अध्यक्ष अनिता रौनियार,सदभावना पार्टीका महिला नेतृ मालती कुशवाहा, अपाङ कल्याण संघ पर्साका अध्यक्ष संजय कुमार सर्राफ, नेपाल अपाङ महासंघ पर्साका अध्यक्ष शम्भु पासवान, हिन्दू परिषद नेपाल पर्साका अध्यक्ष भुपेन्द्र पौडेल लगायतले महाधिवेशनको सफलताको शुभकाना दिएका थिए । साथै महाधिवेशनको बन्दसत्रले पुनः प्रेम नारायण झाको अध्यक्षतामा १३ सदसीय कार्य समिती गठन गरेको छ ।
नव गठित समितीको उपाध्यक्षमा देवनारायण पंडित, महासचिव बच्चा राजभर, सचिव कासीराम ठाकुर, कोषाध्यक्ष बैद्यनाथ महतो, प्रवक्ता पुरुषोत्तम दुवे,  सदस्यहरु ध्र्मलाल राय,श्रीपती चौधरी, लिलाकान्त साह, वृजेश श्रीवास्तव, अरबिन्द कुमार मिश्र, राजेश ठाकुर, आशा महतो रहेका छन् ।
यसैगरी बन्दसत्रले चार सदसीय महानिर्देशक समिती पनि गठन गरेको छ । महानिर्देशक समितीमा प्रेमनारायण झा, बिष्णु बहादुर विश्वकर्मा,नारायण कुर्मी ,राजेश क्षेत्री रहेको महासंघका केन्द्रिय प्रवक्ता पुरुषोत्तम दुवेले बताए ।
 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...