Friday,November 24, 2017
  • :
  • :

छर-छिमेक

अबैध म्यानपावर र एजेन्टलाई कार्वाही हुने


टुडे समाचारदार्ता
राजबिराज ,१४ पुस । बैदेशिक रोजगार प्रवर्दन वोर्डका निर्देशक बद्री कार्कीले बैेदेशिक रोजगारमा पठाउने अबैध म्यानपावर तथा एजेन्टलाई कानुनी कार्यवाही गर्नुपर्ने बताएका छन ।

एमनेस्टी ईन्टरनेशनल नेपाल सप्तरी समुह ३० को आयोजनामा बैदेशिक रोजगारको चुनौती र हाम्रो भुमिका बिषयक कार्यक्रममा कार्कीले सो कुरा बताएका हुन  ।
बिदेश पठाईदिने नाममा पासपोर्ट र रकम लिने त्यस्ता म्यानपावर वा ऐजेन्टहरु बिना बैदेशिक रोजगार बिभागवाट अनुमति नलिई अबैध कारोवार गर्नेलाई कानुनी कार्यवाही गर्नुपर्ने बताए ।

उनले भने स्थानियस्तरमा बिना लाईसेन्स ऐजेन्ट वा अबैध म्यानपावर खोलेर बस्नेलाई बिभागमा उजुरी दिएमा त्यस्ता म्यानपावरलाई जरिवाना सहित बन्द गर्न बैदेशिक रोजगार बिभागले कानुनी ब्यवस्था गरेको छ ।

निर्देशक कार्कीले ठगीमा परेका कामदारले प्रयाप्त प्रमाण सहित बिदेश फिर्ता भएको १ वर्ष भित्र बैदेशिक रोजगार बिभागमा उजुरी दिएमा आबश्यक क्षतिपुर्ति पाउने उनले बताए ।
सो अवसरमा ऐमनेस्टी ईन्टरनेशनल नेपालका अध्यक्ष राजेन्द्र कुईकेलले बैदेशिक रोजगारमा जाने सम्भावित आप्रवासी कामदारले सबै कुरा बुझेर जानेर गएमा ठगीमा पर्ने सम्भावना न्युन हुने बताए ।

बैद्शिक रोजगारमा जादा बिदेश रुखमा टिपेको पात जस्तो पैसा पाउदैन, बिना सिप बुझेर जानेर नजादा गएकाहरु धेरै दुख ेै पाउने गरेको उनले बताए । कुन कम्पनीमा,कुन काममा,रकमको ग्यारेन्टी जस्ता प्रक्रिया वारेमा सबै कुरा थाहा पाएर गएमा ठगीने सम्भावना कम हुने र बैदेशिक यात्रा सफल हुने निर्देशक कार्कीको कथन थियो  ।

यसैगरी सो अवसरमा स्थानिय बिकास अधिकारी सुदेब पोखरेलले चेतनाको कमि कारण ठगीमा पर्ने गरेको बताउदै उनले भने सबै कुरा को जानकारी लिएर गएमा समस्या नपर्ने बताए । गाँउ परिषदमा योजना छनौट गर्दा बैदेशिक रोजगारी वारेमा चेतना मुलक कार्यक्रमहरु राख्न निर्देशक दिने पोखरेलले प्रतिबधता जनाएकोछ ।
सो कार्यक्रम बरिष्ठ पत्रकार अनिल कुमार अनलले बैदेशिक रोजगारमा युवाहरु पलायन भएपछि कृषीमा पनि असर पुगेको बताउदै उनले भने सरकारले युवा लक्षित योजना ल्याई स्वदेशमै रोजगारको अवसरको सृजना गर्नेपर्ने बताए ।

ऐमनेस्टी ईन्टरनेशनल नेपालका अध्यक्ष राजेन्द्र कुईकेलको अध्यक्षतामा आयोजित कार्यक्रम शंभुनन्दन चौधरीले धन्यवाद दिएका थिए भने संचालन सुचना तथा परार्मश केन्द्रका राजबिराजका रामप्रमेश मण्डलले गरेका थिए ।
उतm कार्यक्रमको संयोजन सवल नेपाल र एस सि डिसी सप्तरीले गरेका थिए । सो अवसरमा बैदेशिक रोजगारको सिलसिलामा ठगीमा परेका युवाहरु तथा तिनका परिवारका सदस्यहरुको उपस्थिती रहेको थियो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...