Friday,November 24, 2017
  • :
  • :

समाज/गाउँघर

उमावि परशुराम तलाउमा छात्रवृति वितरण

उमावि परशुराम तलाउमा छात्रवृति वितरण


टुडे समाचारदाता
जनकपुरधाम, १४ पुस । जगरुप साह राम पुकार साह माध्यमिक विद्यालय परशुराम तलाउ मिथिलेश्वर निकासले बुधबार छात्रवृति वितरण गरेको छ ।

विद्यालयका प्रधानाध्यापक महाविर दासको अध्यक्षतामा विद्यालयका कक्षा १ देखि ८ सम्म अध्ययणरत दलित छात्रछात्राहरुलाई छात्रवृति वितरण गरेको हो ।

छात्रवृति वितरण कार्यक्रम शैक्षिक सत्र २०७३ अन्तर्गत दलित बाहेकका कक्षा २ देखि कक्षा १० सम्मका छात्रछात्राहरुलाई समेत प्रथम, द्धितिय र तृतियलाई छात्रवृति प्रदान गरिएको जनाइएको छ ।

यसका साथै माध्यकि तहमा अध्ययनरण सम्पूर्ण छात्रछात्राहरुलाई समेत छात्रवृति प्रदान गरिएको जनाउंदै कक्षा १ देखि ८ सम्म प्रति विद्यार्थी रु. ३ सय, माध्यमिक तहमा रु. ५ सयका दरले जम्मा १ लाख ४७ हजार २ सय रुपैयां छात्रवृति रकम वितरण गरिएको हो । विद्यालयका शिक्षिका गीता सिंहले स्वागत मनतव्य राखेकी थिइन भने गैर सरकारी संस्था आसमान नेपालका प्रतिनीधि ब्रम्हदेव यादबले आफनो मनतव्य र शिक्षक राकेश दुलालले कार्यक्रम संचालन गरेका थिए ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...