Tuesday,December 12, 2017
  • :
  • :

राष्ट्रिय

देउवा र प्रमलाई भेंटे ‘रे’


टुडे समाचारदाता
काठमाण्डु, १४ पुस ।देसमा राजनीतिक गतिरोध जारी रहेको बेला भारतीय राजदूत रञ्जित रेले बुधबार सत्तारुढ शिर्ष नेताहरुलाई भेंटेकाछन ।
स्रोतहरुका अनुसार नेपाली का“ग्रेसका सभापति शेरबहादुर देउवालाई बिहान भेंटेका राजदूत रेले सा“झ प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेंटेका छन ।

तराई केन्द्रित दलका नेताहरुले राखेका मागलाई सम्बोधन हुनेगरि निकास दिन नेताहरुलाई राजदूत रेले सुझाव दिएको स्रोतहरुले जनाएकाछन
तीन ठूला दलहरु नेका“, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शिर्ष नेताहरुले संबिधान संशोधन प्रस्तावलाई था“ती राखेर चुनावको तिथि घोषणा गर्ने छलफलगरे लगतै राजदूत रेले उनीहरुलाई भेंटेका हुन ।

भारतीय राजदूत रेले संबिधान संशोधनको प्रकृयालाइ अगाडी बढाउदै चुनावमा जान सुझाव दिएको स्रोतहरुको कथन छ ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले राती सत्तागठबन्धन दलका सांसद, नेता र मन्त्रीहरुलाई रात्री भोज दिएकाछन ।एमालेले संसद चल्न नदिएपछि प्रधानमन्त्रीले सत्तागठबन्धन दलका नेताहरुको एउटै धारणा बनाउन रात्री भोजमा छलफल गरेको बताइएकोछ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...