Saturday,April 21, 2018
  • :
  • :

खेलकुद

इन्टर कलेज टि–२० को उपाधी राजर्षीलाई


टुडे समाचारदाता
जनकपुरधाम, १३ पुस । जनकपुरमा सम्पन्न इन्टर कलेज टि–२० क्रिकेटको उपाधी जनकपुरको राजर्षी जनक क्याम्पसले हात पारेको छ । मंगलबार टुर्नामेन्ट अन्तर्गत राराब क्याम्पस र राजर्षी जनक क्याम्पस बीच भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङग गर्दै राजर्षीले राराबलाई ५ रनले पराजित गरेको हो ।

राजर्षिले राराबलाई जम्मा १ सय ४ रन बनाई १ सय ५ को लक्ष्य दिएको थियो । १ सय ५ रनको लक्ष्य पछयाउंदै राराब क्याम्पसले निर्धारित अन्तिम १९.३ आभेरमैै अल आउट भएपछि हार बेहोर्नु परेको हो । राजर्षीले ब्याटिंग गर्दै  १९.४ ओभरमा १ सय ४ रन जोडदै अल आउट भएका थिए । 

राजर्षिको तर्फबाट रोशन सिंहले सर्वाधिक ३० रन जोडन सफल भएका थिए भने राराबको तर्फबाट मुकल तिवारीले समेत सर्वाधिक ३५ रन जोडेका थिए ।
टुर्नामेन्टमा राराबको तर्फबाट तिवारीले ४ ओभरमा २ विकेट लिन सफल भएका थिए भने राजर्षीबाट गोपाल सिंह ४ ओभरमा ३ विकेट लिएका थिए । टुर्नामेन्टको म्यान अफ द म्याच र म्यान अफ दी सिरिज राजर्षीबाट कप्तानी गरेका गोपाल सिंहले नै हात पार्न सफल भए । टुर्नामेन्टमा पब्लिक युथ क्याम्पस, श्रीराम मावि, राजर्षी जनक क्याम्पस र राराब गरी जम्मा ४ वटा टिम सहभागी भएको थियो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...