Tuesday,December 12, 2017
  • :
  • :

व्यापार

यातायात कार्यालयमा सेवाग्राहीको भीड कम

यातायात कार्यालयमा सेवाग्राहीको भीड कम


रासस
ललितपुर, १३ पुस । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र शाखामा सेवाग्राहीको भीड कम भएको छ ।
आइतबारदेखि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अनलाइनबाट सवारी चालक अनुमतिपत्रको फाराम सङ्कलन गर्न थालेपछि सेवाग्राहीको भीड कम भएको हो । सेवाग्राहीले आधारातदेखि लाममा बस्नुपर्ने बाध्यताबाट समेत छुट पाएका छन् ।

आइतबारदेखि सेवा सुरु भएपछि सोमबार बिहानैदेखि लाम नभएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताउनुभयो । कार्यालयले ५०० जना सेवाग्राहीलाई समय दिएर थप कामका लागि कार्यालय बोलाएर सेवा दिन थालेको छ । उहँले भन्नुभयो– “मंगलबार कार्यालय समय सुरु भएपछि मात्रै सेवाग्राही आउन थालेका हुन् ।” यसअघि सेवाग्राही बिहान २/३ बजेदेखि नै लाम बस्ने गरेका थिए ।

बिहान सबेरै लाम बस्ने सेवाग्राहीको समेत अपराह्न मात्रै पालो आउने गर्दथ्यो ।
अनलाइनबाट फाराम भरेपछि सेवाग्राहीले स्वास्थ्य जाँच र राजस्व बुझाउन मात्रै कार्यालय आइपुगेका हुन् । यी कामका लागि लाम भए पनि फाराम भर्न दिनभरको समय नलाग्ने कार्यालयको दाबी छ ।

अनलाइनबाट फाराम भरेर समय पाएका सेवाग्राही मात्रै सोमबार कार्यालय पुगेका थिए । उहँले भन्नुभयो “सेवाग्राही र कार्यालय दुवैलाई सजिलो भएको छ ।”
सेवाग्राहीले हैरानी पाएपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकको निर्देशनमा अनलाइनबाट फाराम भर्ने प्रवन्ध मिलाइएको हो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...