Tuesday,December 12, 2017
  • :
  • :

व्यापार

‘श्रमिकविरोधी’ दफा खारेज हुनुपर्ने


रासस
विराटनगर, ११ पुस । नेपाल कारखाना श्रमिक सङ्घले औद्योगिक व्यवसायसम्बन्धी ऐनमा भएको ‘श्रमिक विरोधी’ दफा खारेजीको माग गरेको छ ।
आइतबार सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा गत असोजमा संसद्बाट पारित औद्योगिक व्यवसायसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७१ को दफा ४७ का उपदफा ६ र ७ को व्यवस्थाप्रति सङ्घको आपत्ति रहेको जानकारी गराइयो ।

सङ्घका केन्द्रीय अध्यक्ष धीरेन्द्रकुमार सिंहले उक्त ऐनमा भएको दफाले श्रमजीवी टेूड युनियनको अधिकारसम्बन्धी मौलिक हकलाई बन्देज गरेको र त्यो अन्तर्राष्टिूय श्रम सङ्गठनको आधारभूत महासन्धि ८७ को विपरीत रहेको बताउदै बन्द हड्तालका समयमा ‘नो वर्क नो पे’अर्थात् काम नगरेको दिनको पारिश्रमिक नपाउने व्यवस्था खारेज हुनुपर्ने माग गर्नुभयो ।
सङ्घका केन्द्रीय सदस्य गोपाल मिश्रले सरकारद्वारा सञ्चालित उदयपुर सिमेन्ट कारखानाको उत्पादनमा निरन्तर रूपमा वृद्धि भइरहे पनि पनि सरकारले निजीकरण गर्न लागेको जनाउँदै आपत्ति जनाउनुभयो ।
 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...