Friday,November 24, 2017
  • :
  • :

सम्पादकीय

किसानको माग पुरा गर


नेपालमा उखु उत्पादक किसानहरु अत्यन्त पिडित छन । सस्तो र उधारोमा उखु बेच्न किसानलाई बाध्य बनाइएकोछ । चिनी मिल सञ्चालकहरुले किसानलाई उखुको उचित मुल्य दिएको छैन ।

हरेक वर्ष किसानलाई मुल्य निर्धारणको नाममा अनावश्यक दुखदिदै आएका चिनी मिल सञ्चालकहरुले मुल्य निर्धारणमा ढिलाईगरि खेतमै उखु सुकाएर लिने गरेका छन । सुकेको उखुमा चिनी बढी हुने तर उखुको तौल कम हुने भएकाले मिल सञ्चालकहरु उखु सुकाउन हरेक वर्ष किसानलाई मुल्य निर्धारणमा बिबादगर्दै आएको पिडीत किसानहरु बताउ“छन ।

चिनीको मुल्य ४० प्रतिशतले बृद्धि गर्ने सञ्चालकहरुले किसानलाई उखुको मुल्यमा १५ प्रतिशत बृद्धि गर्न समेत सहजै तयार हु“दैन । मिल सञ्चालकहरुले चिनीमा नेपाल आत्म निर्भर रहेको बताएपनि हरेक वर्ष चिनी भारत लगायत अन्य मुलुकहरुबाट अयात गरिन्छ । सरकारले चिनीको मुल्य निर्धारण गर्न समेत चासो देखाउदैन ।

चिनी उत्पादकहरुले हरेक वर्ष चिनी कालोबजारमा बेच्ने गरेका छन । चिनी मिल सञ्चालकहरुले किसानलाई उखु लिएको अर्को वर्ष सम्म भुक्तानी नदिने गरेको देखिन्छ । उखु तौल गराउन कुपनपनि कालोबजारी भइरहेको बताइन्छ । चिनी मिलहरुले किसानलाई अनावश्यक दुख दिन थालेपछि उखुको उत्पादन चार वर्षमै आधी घटिसकेकोछ । चिनी मिल सञ्चालकहरुले किसानलाई अत्यधिक शोषण गरिरहेका छन ।

उखु मिल थपिएपनि किसानको पिडामा कुनै कमि आएको देखिदैन । किसानहरुले समयमै उखुको मुल्य पाउनु पर्छ । समयमै मिलले उचित मुल्यमा उखु लिनुपर्छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...