Friday,November 24, 2017
  • :
  • :

छर-छिमेक

नेका महोत्तरीको अधिवेशन चार दिन धकेलियो


गोपाल बराल
जलेश्वर, ११ पुस । नेपाली कँग्रेस महोत्तरीको १३ औं अधिवेशनको जिल्ला नेतृत्व चयन गर्ने चुनाव चार दिन पछि धकेलिएको छ ।

शनीबार यही पुस १५ गते मतदान गराइने जानकारी दिएको सो दलको जिल्ला निर्वाचन मण्डलले अब मतदान कार्य चारदिनपछि पुस १९ गते मङ्गलबार हुनेगरि मिति सारिएको जनाएको हो । जिल्ला अधिवेशनको उद्घाटनभने पुस १५ गते शुक्रबार नै हुने जिल्ला निर्वाचन मण्डलका प्रमुख निर्वाचन अधिकृत ज्ञानेन्द्र रावलले जानकारी दिनुभयो ।

   जिल्ला अधिवेशन  निश्चित हुनासाथै जिल्लामा नेतृत्व लिन चुनावी सरगर्मी बढेको छ । जिल्ला सभापतिसहित १३ पदका लागि मतदान हुने निश्चित भएपछि जिल्लाको काग्रेस वृतमा चुनावी सरगर्मी बढेको हो ।

गतबर्ष माघमै जिल्ला अधिवेशन हुने कार्यक्रम भएपनि सभापति सुशील कोइरालाको निधन र पार्टीभित्रको स्थानीय किचोलाले स्थगित हुँदै आएको जिल्ला नेतृत्वको चुनाव अब १९ गते मङ्गलबार हुने निश्चित भएको छ ।

जम्मा छवटा संसदीय निर्वाचन क्षेत्र रहेको जिल्लामा एक सभापति, एक सचिब, एक कोषाध्यक्ष र १० सदस्य गरि १३ पदका लागि निर्वाचन हुने सो पार्टीको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । संसदीय निर्वाचन क्षेत्रबाट एक महिलासहित पाचजना जिल्ला कार्य समितिमा रहने ब्यवस्थाअनुसार क्षेत्र नम्वर एक र छका लागि जम्मा १० सदस्य पदका लागि निर्वाचन हुने प्रमुख जिल्ला निर्वाचन अधिकृत रावलले बताउनु भएको छ ।

अन्य चार क्षेत्रबाटभने गतबर्ष नै जिल्ला कार्य समितिका सदस्य निर्वाचित भइसकेका छन् । जिल्ला अधिवेशनका लागि जम्मा ९३५ प्रतिनिधिले मतदान गर्ने निर्वाचन मण्डलले जनाएको छ ।

आसन्न १३ औं जिल्ला अधिवेशनबाट जिल्ला नेतृत्व लिन अहिले पार्टीभित्र प्यानल मिलाउन नेताहरु ब्यस्त देखिएका छन् । काँग्रेसको जिल्ला अधिवेशन नजिकिदै जँदा अन्य राजनीतिक दलमा पनि यसबारे निकै चासो बढेको देखिदो छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...