Friday,November 24, 2017
  • :
  • :

छर-छिमेक

हात्तीको आक्रमणबाट मृत्यु


रासस
राजविराज, ११ पुस । सप्तरी, भारदह–९ स्थित भलुवामा आइतबार जङ्गली हात्तीको आक्रमणबाट भलुवाटोलका ६० वर्षीय रघुनाथ खड्काको मृत्यु भएको छ ।
कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएका हात्तीको एक समूहले खड्कालाई लखेटेरै मारेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यलायले जनाएको छ । केही दिनयता सो क्षेत्रसहित जिल्लाको पूर्वी भेगका भारदह, पोर्ताहा, बरमझिया, बेरवा, कञ्चनपुर, घोघनपुर लगायत ठाउमा दिनहुँ हात्ती आएर आतङ्क मच्चाउने गरेको बताइएको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...