Friday,November 24, 2017
  • :
  • :

छर-छिमेक

सूचनाको हक संरक्षण गर्ने प्रतिबद्धता


टुडे समाचारदाता
बर्दिवास, ११ पुस । महोत्तरी जिल्लाका १४ सरकारी कार्यालयका प्रमुखले सम्बिधान र कानूनले प्रदत्त गरेको सूचनाको हकको सम्मान र संरक्षणमा लिखित प्रतिबद्धता जनाएका छन् ।

जिल्लाको बर्दिवासमा आइतबार राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न सूचनाको हकबारे नागरिक सम्वाद कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी बीरेन्द्र कुमार यादबसहितका १४ सरकारी कार्यालयका प्रमुखले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।

  कार्यालय प्रमुखहरुले जनाएका लिखित प्रतिबद्धतापत्रमा कार्यालयका कामलाई पारदर्शी गर्ने, प्रत्येक कार्यालयमा सूचना अधिकारी नियुक्त गरेर तीन÷तीन महिनामा कार्य सम्पादन प्रतिवेदन सार्वजनिक गर्ने उल्लेख छ ।

जिल्लाका स्थानीय बिकास अधिकारी, बर्दिवास र जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत, एकीकृत सेवा केन्द्र बर्दिवास र मालपोत सेवा कार्यालय बर्दिवासका प्रमुखले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । त्यसैगरि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरी, करदाता सेवा कार्यालय बर्दिवास, जिल्ला कृषि बिकास कार्यालय महोत्तरी, बर्दिवास अस्पताल र इलाका वन कार्यालय बर्दिवासका प्रमुखले पनि प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रमका सहभागी  कार्यालय प्रमुखहरुले सूचनाको हकबारेको अधिकार प्रयोग गर्दै सरोकारबालाले माग गर्ने सूचना तत्काल उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन् ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...