Friday,November 24, 2017
  • :
  • :

सम्पादकीय

बोल्ने अधिकार सबैको हो


पूर्ब राजा ज्ञानेन्द्र शाहले देसको बारेमा गहिरो चिन्ता व्यक्तगर्दै जारी गरेको विज्ञप्तिले राजनीतिक क्षेत्रलाई थप तर·ित बनाएकोछ । लोकतन्त्रमा सबैलाई अभिव्यक्तिको स्वतन्त्रता छ । कसैले बोल्दैमा सरकार प्रतिशोधमा उत्रनु हुदैन ।

पूर्ब राजाको पक्षधरको रुपमा  प्रस्तुत हुदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल हालका अधिकांश राजनीतिक दलहरुसित सरकारमा सहकार्य गरिसकेकोछ ।

पूर्ब राजाप्रति हिन्दू धर्मको नाउमा अथवा आफनै दलमा असन्तुष्ट भएका नेताहरु आकर्षित हुन थालेकाछन । संघियतालाई सुदृढ हुन नदिई देसमा अराजकता निम्त्याउने नेकपा एमाले लागेको बेला पूर्ब राजाको अभिव्यक्तिले स्वभाविक रुपमा धेरैलाई झस्काएकोछ ।

मधेशको मुद्दालाई अल्झाउदा संघियता बिरोधी तत्वहरु सल्बलाउन थाल्नु अस्वभाविक होइन ।संघियता मधेशको मुद्दा हो ।यसलाई संस्थागत हुन नदिन चलखेल हु“दै आएकोछ । पूर्ब राजाले के भने ? त्यसको पछि पर्नु संघियतालाई संस्थागत गर्न संसदमा दर्ता रहेको संशोधन प्रस्तावालाई परिमार्जनगरि तत्काल पारित गर्न दलहरु सकृय हुनुपर्छ ।

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संघियता खारेज हुनुपर्ने र अध्यक्ष केपी ओलीले पा“च विकास क्षेत्रलाई नै प्रान्त बनाउनु पर्ने जस्ता धारणा सार्वजनिक गर्नु पूर्ब राजाको अभिव्यक्ति भन्दा कम हानिकारक होइन । त्यसकारण अस्थिरताको जडोलाई हटाउनु श्रेयस्कर हुनेछ । आजको  सबै भन्दा ठूलो आवश्यकता भनेकै मधेशी,आदीबासी, जनजातीहरुको अधिकार सुनिश्चितगरि संबिधानको कार्यान्वयन गर्नु हो । यस तर्फ लाग्नु उपयुक्त हुनेछ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...