Friday,February 23, 2018
  • :
  • :

खेलकुद

१५ सय मिटर दौडमा आर्मीलाई स्वर्ण


टुडे समाचारदाता
विराटनगर, १० पुस । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १५ सय मिटर दौडमा आर्मीका हरिकुमार रिमाल र सरस्वती भट्टराईले स्वर्ण जित्नुभएको छ ।

सुनसरीको इटहरीस्थित इटहरी रंगशालामा भएको पुरुषतर्फको १५ सय मिटरमा  आर्मीका हरिकुमार रिमालले आर्मीकै छत्र बहादुर दाहाललाई पछि पार्दै स्वर्ण जित्नुभयो ।

रिमालले निर्धारित दुरी ४ मिनेट ० ४ सेकेन्डमा पूरा गर्नुभयो । रजत जित्ने क्रममा छत्र बहादुरले ४ मिनेट ४ दशमलब ७३ सेकेन्डमा पुरा गर्नुभयो भने नेपाल पुलिस क्लबका करण खड्काले ४ मिनेट ११ दशमलव ४५ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै कास्य पदक जित्नुभयो ।

महिलातर्फ आर्मीका सरस्वती भट्टराईले निर्धारित दुरी ४ दसमलब ३७ सेकेन्डमा पुरा गर्दै स्वर्ण जित्नुभयो । एपीएफकी फुलमती रानाले निर्धारित दुरी ४ मिनेट ५३ दशमलब ९६ सकेन्डमा पूरा रजत जित्नुभयो । यस्तै कास्य जित्ने क्रममा आर्मीका लक्ष्मी पाण्डेले निर्धारित दुरी ४ मिनेट ५६ दशमलव २६ सेकेन्डमा दौड पूरा गर्नुभयो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...