Friday,November 24, 2017
  • :
  • :

छर-छिमेक

फोरम लोकतान्त्रिकका पर्सा अध्यक्ष तमलोपामा

फोरम लोकतान्त्रिकका पर्सा अध्यक्ष तमलोपामा


अनिल तिवारी

वीरगन्ज, १० पुस । विजय गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिको पर्सा जिल्ला कार्यसमितीका सम्पुर्ण पदाधिकारी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेका छन् ।

शनिबार पर्साको रामगढवामा आयोजित एक समारोहबिच फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष शशिकपुर मिँयाको नेतृत्वमा फोरम लोकतान्त्रिको जिल्ला समिति नै तमलोपाका अध्यक्ष महन्थ ठाकुरको हातबाट टिका माला ग्रहण गरी पार्टीको सधारण सदस्यता लिएका हुन् ।

कार्यक्रममा तमलोपा अध्यक्ष ठाकुरले मुलुकमा हाल संविधान संशोधन चाह्ने र नचाहने विच नै मुख्य द्वन्द रहेको बताए । उनले सरकारमा  सामिल रहेका दलका नेताले नै संशोधन प्रस्तावको विरोध गर्दै पश्चिममा बन्द गरी विभेदलाई कायम राख्ने एमाले सहित मुख्य तीनदल प्रयासमा लागो आरोप लगाउनु भयो ।

तमलोपा पर्साले शनिबार वीरगन्जको रामगढवामा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्याक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मुलुकमा विभेद रहेसम्म  बिभिन्न जाती तथा वर्गबीच द्वन्द  रहने भएकाले संविधानमा सबैलाई समान अधिकार दिई विभेदको अन्त्य गरे मुलुक विकास तर्फ उन्मुख हुने  विचार व्यक्त गरे ।

 उनले सिमांकनको टुङगो नलागे सम्मा कुनैपनि निर्वाचनको औचित्व नरहेको बताउनु भएको छ । संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई पारित गरी संविधानलाई सर्वस्वीकार्य बनाउदै सिमांकनको टुङगो लगाएपछि मात्र निर्वाचन सम्भौव रहेको नेता ठाकुरले दावी गर्नु भयो । सभालाई सम्बोधन गर्दै  नेता ठाकुरले मधेसीको आन्दोलनलाई भारतीयले गरेका भन्ने  दल र त्यस्ता नेताले नेपालमा शान्ति भएको देख्न नचाहेको बताए ।

अधिकारकालागि ज्यान समेत बलिदान गर्ने मधेसीलाई विभेदमा राखी मुलुकमा द्वन्दकायम राखि सत्ता टिकाई राख्ने भएकाले त्यसबाट सबै नेपाली सचेत हुनु पर्ने बताए
 कार्यक्रममा तमलोपाका पार्टी प्रवक्ता बिमल प्रसाद श्रीवास्तवले अब तराईमा एमाले मुक्त अभियान चलाउन आवश्य भएको बताए । मधेसी, जनजाति, आदिवासी, दलित महिला मुस्लिमलाई अधिकारबाट बंचित राख्ने एमाले र उनका नेता विरुद्ध तराइमा मात्र नभई महिमाल र पहाडमा समेत सफाई अभियना चलाउन आवश्यक  नेता श्रीवास्तवले विचार व्यक्त गरे ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...