Friday,November 24, 2017
  • :
  • :

सम्पादकीय

अदालतको सम्मान गर


उच्च न्यायलय जनकपुरले बृहत्तर जनकपुर क्षेत्र विकास परिषदलाई कार्यकारी निर्देशक उमेश यादवलाई नै कामकाज गराउन आदेश दिएकोछ । तर परिषदका अध्यक्ष रामकुमार शर्मा सहित केहि कर्मचारीले उनलाई कामकाजमा अबरोध गरेका छन ।

अदालतको आदेश अनुसार बृहत्तरको कार्यकारी निर्देशकमा उमेश यादव नै छन । उनको कार्यकाल चैत सम्म मात्र छ । तर कार्यकारी निर्देशक यादवलाई अदालतको आदेश विपरित कामकाज गर्न नदिई परिषद गर्न लागिएको खबर सार्वजनिक भएकोछ ।अदालतले जारी गरेको आदेशलाई सम्मान गर्नुपर्छ ।अदालतको सम्मान गर्नुपर्ने सबैको दायित्व र कानूनी बाध्यतापनि छ ।

अदालत आदेशको अवज्ञा हु“दा देसमा अराजकता उत्पन्न हुन सक्छ ।सरकारी निकायमा रहेका कर्मचारी र अध्यक्ष समेत उच्च अदालतको सम्मान गर्नैपर्छ ।सार्वजनिक विदाको दिन पारेर गर्न लागिएको परिषदमा कार्यकारी निर्देशक अनिवार्य रुपमा हुनुपर्छ ।तर कार्यकारी निर्देशकलाई जानकारी नै नदिई कामकाज गर्नु अदालत आदेशको ठाडो अवज्ञा हो ।

बृहत्तरमा भै रहेको कृयाकलापले समग्रमा यस भेगलाई क्षति भइरहेकोछ ।बृहत्तरको कामकाज अगाडी बढन सक्दैन ।

अध्यक्षले परिषदको अबैध बैठक बोलाएर बजेटलाई महोत्तरीको आफनो निर्वाचन क्षेत्रमा केन्द्रित गर्न लागेको आरोप लगाइएकोछ । हुनत अध्यक्ष शर्मा र कार्यकारी निर्देशक यादवले बृहत्तरलाई भा“डभैलो गरिदिएकाछन ।विकास निर्माणको लाखौ रकम फ्रिज भएकोछ ।हाल सम्म योजना बनेको छैन ।अब अदालतको सम्मानगर्दै काम गर्नुपर्छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...