Friday,November 24, 2017
  • :
  • :

सम्पादकीय

संगठन सुदृढ गर

 


तराइबासीलाई अधिकारबाट बञ्चित गरिएको संबिधान संशोधन गर्नुपर्ने जोडदार आवाज उठिरहेपनि नेकपा एमाले लगायतका केहि दलहरु त्यसको बिरोध गरिरहेकाछन । तराईमा अधिकारका लागि निरन्तर आन्दोलनगर्दै आएका मधेशी दलहरुसित अधिकांश मधेशी छन । तर संगठनात्मक रुपमा मधेशी दलहरुको अवस्था सुदृढ भइसकेको छैन ।

पार्टी खुलेदेखि नै आन्दोलनमा रहेकाले तराई केन्द्रित दलहरुको संगठन ग्रामिण तह सम्म पुग्न सकेको छैन । अधिकारका लागि फेर आन्दोलन गर्न केहि दलहरुले बाध्य बनाइरहेको बेला ग्रामिण भेग सम्म संगठन सुदृढ गर्नु आवश्यक भएकोछ । तराईमा मधेशी दलहरुलाई बलियो बनाउनु पर्ने धारणा अधिकांशमा देखिन्छ ।

नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुले मधेशीलाइ उपेक्षागरि संबिधान घोषणा गरेकाले अधिकारका लागि जारी आन्दोलनलाई सशक्त बनाउन मधेशका जनता मधेशी दलहरुसित रहने निश्चित जस्तै छ ।

आफनो अधिकार खोस्ने दलका नेताहरुलाई अब बलियो बनाएर थप पीडा भोग्नु पर्ने स्थिति आमनागरिकले बुझेको बेला मधेशी दलहरु मिलेर संगठनलाई सुदृढ बनाउनु पर्छ । मधेशी दलहरुलाई तल्लो निकाय वडा सम्म पुग्नु आवश्यक छ ।

शिर्ष नेताहरु बाहेक सबै नेताहरु गाउ“ सम्म पुगेर जनतालाई जागरुक बनाउदै सदस्यता अभियानलाई तिब्रता दिनुपर्ने देखिन्छ ।मधेशी जनता एकजुट भएर अगाडी नआए सम्म अधिकार पाउन सक्दैन ।मधेशी दलहरुपनि मिलेर जनता माझ जानुपर्छ ।अहिलेको अवस्थामा संगठनलाई सुदृढ बनाउन लाग्नुपर्छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...