Friday,November 24, 2017
  • :
  • :

छर-छिमेक

शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित


रासस

बर्दिबास, ७ पुस ।     महोत्तरी सोन–५ स्थित सरस्वती जनता माविका विद्यार्थी आन्दोलित भएका छन् ।
    वर्षौदेखि विद्यालयमा माविस्तरको शिक्षकको अभाव रहँदासमेत सम्बन्धित निकायले कुनै पहल नगरेको भन्दै सो विद्यालयका विद्यार्थी आजदेखि विद्यालयको मूलगेटमा तालाबन्दी गरी आन्दोलनमा उत्रेका हुन ।

    विसं २०१६ मा स्थापित सो विद्यालयमा हाल माविस्तरको एकजना शिक्षक मात्र कार्यरत रहेका छन् । शिक्षकको अभावमा समयमा विद्यार्थीलाई अध्यापन गराउन कठिनाई हुँदै आएको विद्यालयका प्रधानाध्यापक शत्रुधन यादवले बताउनुभयो ।

    यससम्बन्धमा आफूले स्रोत केन्द्र सोनमाका स्रोत व्यक्ति ज्ञानेन्द्र यादव र जिल्ला शिक्षा कार्यालयमा पनि पटक पटक लिखित एवम् मौखिक रूपमा ध्यानाकर्षण गराउदासमेत आश्वासनबाहेक शिक्षक पठाउनका लागि कुनै पहल नगरिएको प्रअ. यादवले बताउनुभयो । करिब एकहजार २०० विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयमा १० जना शिक्षक मात्र कार्यरत रहेका छन् ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...