Friday,November 24, 2017
  • :
  • :

छर-छिमेक

बर्दिवासमा एकीकृत नमुना बस्ती निर्माण हुने


रासस
महोत्तरी, ७ पुस । महोत्तरीको बर्दिवासस्थित मुसहरबस्तीमा एकीकृत नमुनाबस्ती निर्माण गर्ने भएको छ ।  एक प्रदेश एक नमुनाबस्ती कार्यक्रमअनुरुप बर्दिवास नगरपालिका–२ स्थित दलित समुदायको मुसहरबस्तीमा अगामी २०७४ साल वैशाख मसान्तसम्ममा एकीकृत नमुनाबस्ती निर्माण गर्ने भएको हो ।

भूकम्पपीडितलाई पहिलो प्राथमिकतामा राख्दै एकिकृतबस्ती निर्माण गरेका धुर्मुस– सुन्तलीले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् ।
 गँस, बास र कपासको समेत समस्या रहेको मुसहरबस्तीमा बसोबास गर्ने ५० परिवारलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताएका छन् ।

रु चार करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि फाउन्डेसनले गिरान्चौर एकिकृत नमुनाबस्ती निर्माणबाट बचेका रु एक करोड ३ लाख ६६ हजार ३०१ सो बस्ती निर्माणका लागि खर्च गर्ने फाउन्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् ।

यहँको ५० घरलाई आधुनिक वातावरणमा आधारित एकीकृत नमुनाबस्ती निर्माण गरिने छ, फाउन्डेसनका प्रबन्धक अर्जुन न्यौपानेले आधुनिक एवम् सभ्यवातावरणसहितको नमुनाबस्ती निर्माणका लागि सबैलाई आ–आफनो तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...