Friday,November 24, 2017
  • :
  • :

सम्पादकीय

निर्धारित समयमै काम होस


नेपाल र भारतबीच निर्माणाधिन ब्रोडगेज रेलमार्गको भारतीय उच्च अधिकारीहरुले निरीक्षण गरेकाछन । भारतको विदेश मन्त्रालयका संयुक्त सचिव एम.सुब्बा रेड्डीको नेतृत्वमा रहेको अधिकारीहरुको टोलीले निर्माण कार्यको निरीक्षण र समिक्षा गरे ।

उनीहरुले पहिलो चरणको काम अर्थात जयनगर–जनकपुर खण्डको काम पुरागरि सन् २०१७को नोभेम्बर महिनामा पर्ने रामजानकी बिबाहमहोत्सवको अवसरमा रेल सञ्चालन गर्न निर्देशन दिए । रेलमार्गमा हाल सम्म पुल निर्माण, माटो पुर्ने काम, स्टेशन र हल्ट निर्माणको काम अन्तिम चरणमा रहेको बताइएकोछ । रेलको लिक ओछ्याएर रेल सञ्चालन गर्ने कामलाई तिव्रता दिन अधिकारीहरुले निर्माण कम्पनीहरुलाई निर्देशन दिएकाछन ।

उनीहरुले कामको गुणस्तर र प्रगतिबारे समेत ठेकदारहरुसित छलफल गरे । ५ सय ४८ करोड भारतीय मुद्राको लागतमा निर्माण भइरहेको ७१ किलोमिटर रेलमार्गको  तीन चरणमा निर्माण पुरा हुने बताइएकोछ । भारतमा रेल निर्माणको कामगर्दै आएको इरिकनका कार्यकारी निर्देशक समेतको सहभागिता रहेको उक्त टोलीले जनकपुरदेखि जयनगर सम्मको रेलमार्गको निरीक्षण गरे । करिब तीन वर्ष पूर्ब प्रारम्भ भएको निर्माण कार्य सन्२०१७ मा पुरा हुनुपर्ने हो ।

तर पहिलो चरणको काम मात्र पुरा हुने देखिएकोछ । दोस्रो चरणको कामलाई तिव्रता दिनुपर्ने स्थिति छ । भगवान रामजानकी बिबाह महोत्सवको अवसरमा ब्रोडगेज रेल सञ्चालन हुनु सबै दृष्टिले महत्वपूर्ण छ ।नेपाल र भारतको सम्बन्ध सुदृढ गर्ने रेल पनि एउटा माध्यम हो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...