Friday,November 24, 2017
  • :
  • :

छर-छिमेक

सीमा बिबाद मिलाउन दुई देसका अधिकारीहरु सहमत

सीमा बिबाद मिलाउन दुई देसका अधिकारीहरु सहमत


अनिल तिवारी
वीरगन्ज, ३ पुस ।सिमाविवाद समाधान गर्न शनिबार वीरगन्जमा बसेको नेपाल(भारतका अधिकारीहरुको बैठकले विभिन्न तिन बुन्दे निर्णय गरेको छ । वीरगन्जको होटल भिष्वामा जिल्ला प्रशासन कार्यालय पर्साले आयोजना गरेको बैठकमा दुवै देशका अधिकारीहरुले चालुआर्थिक बर्षमा सिमाबिवाद समाधान गर्ने निर्णय गरेका हुन  ।

बैठकले  यही पुष ५ गते देखी बारा, पर्सा र चितवन जिल्लासगं  रहेकोसिमा स्तम्भहरुको स्थलगत निरिक्षण गर्नुको साथै अतिक्रमित क्षेत्रको पहिचान गरी सुचिकृत गर्ने र आगामि बैठक   मई महिनामा पुनबस्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी केशराज घिमिरेले जनाए ।

उनले गर्त वर्ष चितवन जिल्लासंग जोडिएको सिमाक्षेत्रमा   भएको मर्मत सम्भार, पुनः निर्माण र अनुगमनको समिक्षा गर्दै अधिकारीहरुले बाकी क्षेत्रमा देखिएका अतिक्रमित ठाउहरुको पहिचान गरी दुवै तर्फका अधिकारीहरुको सक्रियतामा समस्या समाधान गर्न समेत सहमति गरेको बताए ।

बैठकवारे संचारकर्मीसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले तीनै जिल्लासंग जोडिएका ४७३ नयाँ सिमा स्तम्भ निर्माणसंगै जिर्ण भएका स्तम्भको मर्मत भएको र बाकी एक हजार ३ सय ९७ सिमा स्तम्भको निर्माण तथा मर्मत कार्य गर्न बाकि रहेको बताए ।

नेपाली भुभागबाट भारतीयले गर्दै आएको अबैध उत्खन्नलाई रोकने विषयमा भारतीय अधिकारीहरुसंग छलफल समेत भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो। उहाँले पर्साको ओरियाखोला लगायतका सिमाक्षेत्रबाट भारतीय पक्षले अबैध रुपमा गर्दै आएको बालुवा, गिट्टीको उतखन्नलाई रोन भारतीय पक्षले पहल गर्ने आश्वासन दिएको बताउनु भयो ।

 पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले नेपाली टोलीको नेतृत्व गर्नु भएको थियो भने विहार पश्चिमि चम्पारणका  डि.एम लोकेश कुमार सिंह भारतीय टोलीको नेतृत्व गर्नु भएको थियो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...