Friday,November 24, 2017
  • :
  • :

छर-छिमेक

संघीयता खारेज गर्ने षड्यन्त्र भइरहेको छः प्रधानमन्त्री दाहाल


रँसस
चितवन, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै न कुनै रुपले संघीयतालाई खारेज गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको नवौ राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उहँले वर्तमान सरकारले चालेको कदमलाई साथ नदिए देशमा ठूलो राजनीतिक दुर्घटना हुने खतरा रहेको बताउनुभयो ।

संघीयताले देश टुक्राउछ, संघीयताले जनताको बीचमा फाटो पार्छ भन्ने एउटा पुरानो एकात्मक सामन्ती सिद्धान्तलाई सिरानीमा राखेर यो परिवर्तनको मुद्दालाई उल्ट्याउने कोसिस भइरहेको उहाँले बताउनुभयो । जनजातिलाई अपिल गर्दै उहाले भन्नुभयो– ‘संघीयता खारेज गर्नुपर्दछ, यो जनजाति, मधेसी, दलितका लागि हो भन्ने हल्ला भइरहेको छ ।

मैले धेरै भनिरहनु पर्दैन, त्यो कोसिस भइरहेको छ ।’ प्रधानमन्त्री दाहालले थप्नुभयो – ‘संघीयता खारेज गर्ने प्रयत्न ठूलै पार्टीका ठूलै नेताले खुलेआम भन्न थालेका छन् ।’ उहाले आजभोलि मिडियामा समेत संघीयता नै खारेज गरिदियो भने त खेलै खत्तम भन्ने प्रचारसमेत उनीहरुबाट हुन थालेको बताउनुभयो ।

उहँले भन्नुभयो –‘संघीयताको विरोध गर्नु गणतन्त्रको विरोध हो, गणतन्त्रको विरोध गर्नु धर्म्निरपेक्षताको विरोध हो, धर्म्निरपेक्षताको विरोध गर्नु समानुपातिक समावेशी मान्यताको पनि विरोध हो, त्यसैले हामी सचेत बनौ ।’

प्रधानमन्त्री दाहालले यो देश एउटा कुनै जाति विशेषको पेवा, उपल्लो वर्गको ठेकेदारी मात्रै होइन भन्दै सबै जातजाति, संस्कृति, धर्मको साझा देश भएको बताउनुभयो । उहँले संविधानले मधेसी, आदिवासी जनजाति, थारुलगायतका भावना र आकाङ्क्षा सम्बोधन गर्न नसकेको बताउनुभयो । संविधानलाई साझा बनाउन संशोधन र परिमार्जन आवश्यक भएको उहाको भनाइ थियो ।

संविधान जारी भएको समयमा नै आफूले साझा दस्तावेजका रुपमा संविधान बनाउनका लागि परिमार्जन र संशोधन गर्नुपर्ने कुरा राखेको प्रधानमन्त्रीले बताउनुभयो । त्यसैका लागि अहिले संविधान संशोधन प्रक्रिया अगाडि बढेको भन्दै उहाले संशोधनसगै सबैको माग पूरा भएर जाने बताउनुभयो ।

जनजातिका लागि आफू १० वर्षसम्म लडेको भन्दै उहाले अहिले संविधान कार्यान्वयन गर्न निकै चुनौती झेल्नुपरेको बताउनुभयो । जसका लागि म लडे, उनीहरुको अधिकार स्थापित गराएरै छाड्छु– प्रधानमन्त्री दाहालले भन्नुभयो । शोषण र उत्पीडनमा परेका जाति, जनजातिको पक्षमा संविधान संशोधन गराएर अधिकार प्रत्याभूति गराउने उहाले बताउनुभयो ।

माओवादी आन्दोलन सफल पार्न र देशमा संघीय गणतान्त्रिक लोकतन्त्र स्थापना गर्न जनजातिले पु¥याएको योगदानको ऋण र गुण तिर्ने जिम्मेवारी आप्mनो काधमा रहेको पनि प्रधानमन्त्रीले बताउनुभयो । दश वर्षको लडाईंले सामन्त र अरबपतिको मुठ्ठीमा रहेको राज्यशक्ति जनताको हातमा ल्याउन सफल भएको भन्दै उहँले अहिले संघीयता, गणतन्त्र र समानुपातिक समावेशीताका विरुद्ध षड्यन्त्र भइरहेको बताउनुभयो ।

कार्यक्रममा पूर्ववक्ताहरुले बाहुन, क्षेत्री समुदायले जनजातिको अधिकार खोसेको भनेपछि त्यसको उत्तर दिदै उहँले सबै बाहुन, क्षेत्री एकै नहुने पनि बताउनुभयो । कोही बाहुनक्षेत्री जनजातिका लागि १० वर्ष लडेको र कोही भने उनीहरुलाई अधिकार दिनै हुन्न भन्ने गरेको पनि उहँले बताउनुभयो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...