Friday,November 24, 2017
  • :
  • :

सम्पादकीय

भारतीय मुद्राको प्रभाव


भारतमा सरकारले हजार र पाच सय दरको नोटलाई बन्द गरेपछि सीमावर्ती नेपालमा समेत त्यसको प्रभाव परेकोछ ।

ठूला व्यवसायीहरुको कारोबार बैंकबाट हुने भएकाले खासै फरक नपरेपनि साना व्यवसायीहरु मारमा परेका छन । साना व्यवसायीहरुबाट उठने भन्सारमा समेत भारी कमि आएकोछ ।

साना व्यवसायीहरुको कारोबार मुद्रामा रोकसगै रोकिएकोछ । भारतीय क्षेत्रमा निर्धारित दर भन्दा चर्को मूल्यमा भारतीय मुद्रा खरिद गर्नुपर्ने बाध्यता र नेपालमा समेत भारतीय मुद्राको असहजताको कारण साना व्यवसायीहरु अत्यधिक मारमा परेका छन ।
भारतीय नोटमा रोक लगाइनु पूर्बपनि  नेपालमा भारतीय मुद्राको कालोबजारी हुने गरेको थियो । अहिले झन कालोबजारी बढेकोछ । भारतीय मुद्राको अप्रयाप्तताको कारण साना व्यवसायीहरुको ब्यवसाय नै सुकेकोछ ।नोट बन्द भएपछिको असरबाट भारतका सर्वसधारण अत्यधिक प्रभावित भएका छन । व्यवसायीहरुको बैंकमा रकम भएपनि झिक्न नपाउ“दा त्यसको सोझो असर साना व्यवसायीहरुमा परेकोछ ।

नेपाली व्यवसायीहरुका लागि समेत नोटबन्दीले नराम्रो असर पारेकोछ । भारत र नेपालको खुल्ला सीमा भएकाले बजारमा पनि दुबै मुद्रा चलनचल्तीमा रहेको छ ।

तर नोटबन्दी भएपछि भारतीय बजारमा नेपाली मुद्रा चलनचल्तीमा रहेपनि बटटा अधिक काटने गरिएकोछ । भारतीय नोट बन्द गरिएपछि साना भन्सार कार्यालयहरु समेत प्रभावित भएकाछन । साना भन्सार कार्यालयहरु सुके सरह नै छ । सरकारले तोकेको लक्ष्य हासिल गर्न साना भन्सार कार्यालयहरुका लागि मुश्किल देखिन्छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...