Tuesday,December 12, 2017
  • :
  • :

मनोरञ्जन

गायनमा सफलता बटुल्दै “रंजित”

गायनमा सफलता बटुल्दै “रंजित”

 


करिब डेढ दशक अघि गायन क्षेत्रमा प्रवेश गरेका युवा गायक रंजित शर्मा अहिले चर्चा र सफलता बटुल्न सफल भएको छ । धनुषा जिल्लाको औरही बस्ने रंजित बाल्यकालदेखि नै गायनमा रुची रहको भएपनि भौतिक पूर्वाधारको अभावले ढिलो भएपनि अन्त्यसम्म गायन क्षेत्रमा लीन भए ।

मिथिला क्षेत्र र मैथिली भाषा विकास तथा मिथिला संस्कृति संग मिल्दोजुल्दो संस्कृति भोजपुरी भाषाका गीतहरुबाट रंजितले गीति एल्बमको सुरुवात गरेका गरे । गायनका लागि धेरै प्रयास र मिहिनेतपछि उनले “मोबाइलबाली साली” नामक मैथिली भाषाका गीति एल्बम बजारमा ल्याए । बजारमा उक्त एल्बम युवा पुस्ताले असाध्यै मन पराए र रंजीतले अघि बढने हौसला पाए ।

 

हौसला बुलन्द गर्दै रंजितले भक्ति गीति एल्बम “जय मां कंकालिनी”, “जय मां शेरावाली” जस्ता एल्बम बजारमा ल्याएर दर्शक तथा श्रोतालाई मनोरञ्जनका बाटो खोल्न सफल भए । त्यसपछि होली पर्वलाई मध्यनजर गर्दै आधुनिक होलीको “होलीमे देवरा पिके बबाल कइले बा” नामक भोजपुरी गीति एल्बमले समेत युवा पुस्तामा चर्चा पायो ।

२८ बर्षिय रंजित त्यसपछि आधुनिक मैथिली गीति एल्बम “चिरैया लोल माइर देतौ” बाट बजारमा चर्चा र सफलता पाए लगत्तै “तिरछी नैन” नाक गीति एल्बमको तयारीमा जुटेका छन् । सांगितिक क्षेत्रमा निकै चर्चा कमाउन सफल रंजितले “तिरछी नैन” को रेकर्डिङग सम्पन्न भएको बताए ।

 

रामरेस कापरको निर्माण, अरुण विजैया, रामरेस कापर, इशिकाको स्वर समेत उक्त एल्बममा समावेश गरिएको शर्माले जनाए । संगित आफै दिएका रंजितले उक्त एल्मबमको व्यवस्थापन भने रोहित प्रमोदले गरेको बताए । मैथिली गीति एल्बम “तिरछी नैन” पनि शिघ्र नै बजारमा ल्याउने तयारी रहेको उनले बताए ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...