Tuesday,December 12, 2017
  • :
  • :

मनोरञ्जन

‘बुलबुल’

‘बुलबुल’



मैथिली साहित्य क्षेत्रमा थप एउटा कृति । कथाकार सुजितकुमार झाले मैथिली साहित्य क्षेत्रमा ‘बुलबुल’ कथा संग्रह उपहार दिएका छन । पत्रकारिताबाट साहित्यमा पदार्पन गरेका सुजित कुमार झा आफना समकक्षीहरु भन्दा धेरै अगाडी बढिसकेका छन ।

बुलबुल समेत ७ वटा पुस्तक प्रकाशन गरिसकेका झाका केहि कथाहरु नेपालको पाठयपुस्तकमा समावेश गरिएका छन । कथाकारको रुपमा सुजितकुमार झा स्थापित भइसकेका छन ।पत्रकारिता र साहित्य रचनामा निरन्तर कलम चलाइरहेका झाको जति प्रशंसा गरे कमै होला ।

मैथिली साहित्यमा चाकडी र परिवारवादको पकड कसिलो छ ।आफनै नाताकुटुम्ब भएकाहरु एउटै पुस्तक प्रकाशनगर्दा कयौं पुरस्कारका हकदार बन्छन ।तर स्वयं संघर्ष गरेर स्थापित हुनेलाई फलामका च्युरा चपाउनै पर्छ ।

सुजित कुमार झाको अवस्थापनि उस्तै छ ।निरन्तर पुस्तक प्रकाशन गरिरहेका झाको चर्चा गर्न समेत कञ्जुस्याई गर्नेहरुको जमात ठूलो छ ।कथामा कौतुहलता र रहस्यलाई समायोजनगरि अन्त्य सम्म पु¥याउने उनको विशेषता हो ।

मैथिलीका केहि स्वनामधन्य कथाकार,साहित्यकारहरुले उनको कृतिलाई हलुका रुपमा चर्चा गरेको देखिन्छ । १३ वटा कथा समेटिएको ‘बुलबुल’ कथा संग्रहका सबै कथाहरु पठनीय छ ।बुलबुल शिर्षक कथामा कथाकार झाले बाहुन पण्डितलाइ नायकको रुपमा प्रस्तुत गरेका छन ।

कथाको नायिका दलित छिन ।अपहेलनामा परेकी शोषित पिडीत दलित नायिकालाई कथाकार झाले पण्डित नायकबाट दिलाएको सम्मान प्रशंसनीय छ । अपहेलितलाई थप पिडा दिने कथावस्तुबाट धेरै अलग्गिएर दलितप्रति देखाइएको सम्मानले समाजमा समानता स्थापना गर्न सहायक हुन सक्छ ।

क्रमिक रुपमा कथाकार झाको लेखन तिखारिएकोछ ।कथाकारले बुलबुलमा समाजिक सन्तुलन कायम गर्न खर्चेको शब्दहरु सन्तुलित छन ।
तर खिडकीमा कथाकार अलग धारमा देखिएका छन ।पतिपत्नी बीचको‘जिद्द’ले घरमा उत्पन्न हुने द्वन्दलाई कथाकारले सजिव चित्रण गरेका छन ।पुस्तकमा समावेश गरिएका सबै कथाहरुको आ–आफनै विशेषता छ ।

प्रा.डा.सुरेन्द्र लाभले कथाहरुको समिक्षा अर्थपूर्ण ढंगले गरेका छन ।उनले हरेक कथालाई सुक्ष्म अध्ययन गरेका छन ।
पुस्तकको विषयमा बरिष्ठ पत्रकार तिर्थ कोइरालाले व्यक्त गरेको धारणाले पुस्तकको समग्रतालाई बखान गर्न प्रयाप्त छ ।

कथाकार सुजित झाले आफनो लेखनीलाई अझ निरन्तरता दिनुपर्छ ।कडा परिश्रम गरेर  पत्रकारिता क्षेत्रमा स्थापित भए जस्तै साहित्यीक क्षेत्रमा समेत सबै चुनौतीलाई पारगर्दै आफनो विशिष्ट पहिचान स्थापित गर्न सफल हुने पूर्ण संभावना कथाकार झामा रहेकोछ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...