Friday,November 24, 2017
  • :
  • :

छर-छिमेक

लागुऔषधसहित दुई भारतीय पक्राउ

लागुऔषधसहित दुई भारतीय पक्राउ


टुडे समाचारदाता
जलेश्वर, १ पुस । सशस्त्र प्रहरीले गाँजा र चरेसका पोकासहित दुई भारतीयलाई बिहीबार पक्राउ गरेको छ । सशस्त्रले ३ पोका चरेस र ४ पोका गाँजासहित भारत सीतामढी जिल्ला सुरसन्डका ‘छोटु डन’ भन्ने २५ वर्षीय आनन्दकुमार दुबे तथा सोही ठाउँका २० वर्षीय आशिषकुमार ठाकुरलाई जलेश्वर नपा ११ बाट नियन्त्रणमा लिएको हो ।

मलिवारास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका सशस्त्र निरीक्षक गोविन्द पोखरेलको कमाण्ड खटि गएको सशस्त्र गस्तिले भारतबाट अवैधरुपमा ७५ केजी चीनिको बोरा लिएर आउँदै गरेको बीआर ३२बी ३८२४ नम्बरको मोटरसाइकल जाँच गर्दा लागुऔषध फेला परेको हो । यसअघि नेपालबाट भारततर्फ तस्करी भई जाने गरेको लागुऔषध गाँजा नेपालतर्फ ल्याउँदै गरेको घटनालाई प्रहरीले नौलो भएको बताएको छ ।

सशस्त्र प्रहरीका निरिक्षक पोखरेलकाअनुसार प्रारम्भिक सोधपुछका क्रममा उनीहरुले सीमावर्ति भारतीय बजार भिठठामोड र सुरसन्डबाट उक्त लागुऔषध खरिद गरि ल्याएको जनाएका छन् ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...