Friday,November 24, 2017
  • :
  • :

सम्पादकीय

मेडिकल कलेज ठग्ने अड्डा


नेपालमा मेडिकल कलेजको स्विकृती ठूलो रकम लेनदेनको अधारमा हुने गरेको सबैले बुझेकै विषय हो । सरकारी बाहेकका सबै मेडिकल कलेज गैरकानुनी रुपमा सञ्चालित रहेका छन । बिभिन्न छानबिन समितिहरुको प्रतिवेदनलाई हेर्दा कसैको अस्पताल नविकरण भएको छैन । कसैको आवश्यकता अनुसारको सिट क्षमता भएको अस्पताल छैन ।

कसैको अस्पतालमा चिकित्सकको अभावको कारण रोगी हु“दैन । मापदण्ड अनुसार कतिपय कलेजको पूर्बाधार छैन । हरेक कलेजको सबै पक्ष केलाउदा अधिकांशमा गडबडी नै छ ।

मेडिकल कलेजबाट उत्पादन हुने जनशक्तिले मानव जिवन रक्षा गर्ने जिम्मेबारी पाउछन । तर सम्पूर्ण पूर्बाधारहरु नभएका कलेजबाट उत्पादित चिकित्सकहरुले मानव ज्यानको रक्षा नभै ज्यान लिने काम गर्नेछ । जानकी मेडिकल कलेजले मापदण्ड पुरा नगरेको कारण केहि वर्ष विद्यार्थी भर्ना गर्न पाएन ।तर मापदण्ड पुरा नहु“दै फेरी उसले भर्ना अनुमति पाए ।

अन्य कलेजहरुको अवस्थापनि यस्तै छ । अन्य कलेजमापनि आवश्यक पूर्बाधारहरु छैन । मेडिकल कलेजहरुमा देखिएको बेथितीहरु हटाउन बरिष्ठ चिकित्सक डा.गोबिन्द केसीले १० पटक आमरण अनशन गरे । हरेक अनशनपछि सुधारका लागि सरकारले प्रतिबद्धता जनाए ।

तर सम्पूर्ण समस्या समाधान हुन सकेन । स्वास्थ्य क्षेत्रको बेथिती हटाउन सबै पक्ष एकजुट भइरहेको बेला नेकपा एमालेका झापाका एकजना कथित अगुवाले पूर्बाधार नै नभएको कलेजलाई स्विकृती दिलाउन आमरण अनशन बस्ने धम्की दिएकाछन । सरकारले अनावश्यक स्विकृति दिनु हु“दैन ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...