Friday,November 24, 2017
  • :
  • :

सम्पादकीय

समाधान खोज


जनकपुरधाममा मैथिली विकास कोषले आयोजना गरेको त्रिदिवसिय जनकपुर साहित्य–कला उत्सव–२०७३को बिभिन्न सत्रहरुमा सञ्चालन भएका बिभिन्न बिधाका सहभागिहरुले व्यापक चिन्ता व्यक्त गरे । सबै बिधाका जानकारहरुले व्यक्त गरेको चिन्ताले मात्र समाधान हु“दैन । समाधान खोज्नु आवश्यक छ । मैले के गरे ? अबको प्रश्न त्यै हो । मधेशको विकासमा कसैले ध्यान दिएन । त्यो यथार्थ हो ।

तर आफूपनि त्यसै प·तीमा रहेको तितो सत्यलाई केलाउनु पर्ने स्थिति छ । दोष जति अरुलाई र प्रशंसा जति आफूलाई लिने प्रवृतिको त्याग गर्नैपर्छ । मेरो विषयमा कसैले नबुझेको भन्ने भ्रमपनि पाल्नुपर्ने स्थिति छैन । तराईमा गफ दिने मात्र धेरै भए । मिथिला र मैथिलीको नाउ“मा दलाली गर्नेहरु सर्वाधिक फष्टाए ।हरेक क्षेत्रमा हुने गतिबिधिहरुको स्वतन्त्र मुल्यांकन हुनुपर्छ ।

बिभिन्न संघसंस्थाहरुका लागि काम गर्नेहरु अभियानी होइन । उनीहरु स्वार्थवस मात्र कार्य गर्छन । मैथिलीको नाउ“मा बिभिन्न संघसंस्थाहरुसित लाखौ लिएर अन्य कलाकारहरुको श्रम शोषण गर्नेहरुले मैथिलीको अभियानमा लागेर सम्मानित हुने प्रवृतिलाई अब हतोत्साहीत गर्नु आवश्यक छ । मैथिली विकास कोषले गरेको कार्य निश्चित रुपमा प्रशंसनीय छ ।

कोषका अध्यक्ष जिवनाथ चौधरीलाई कुनै सम्मान र पुरस्कारको स्वार्थ छैन ।तर उक्त कार्यक्रममा आउदा विमानको टिकट लिनेहरु अभियानी बनेका छन । सदैव समस्या देखाएर ठग्नेहरुलाई सबैले चिन्नु आवश्यक छ । समाधानको ज्ञान नभएकाहरुले मैथिलीको नाममा सबै क्षेत्रमा हस्तक्षेप गर्ने कार्य बन्द हुनुपर्छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...