Tuesday,December 12, 2017
  • :
  • :

मनोरञ्जन

अभिनेत्री प्रियंका चोपडाको उडाइयो खिल्ली


 मुम्बई – बलिउड नायिका प्रियंका चोपडाको पहिलो हलिउड चलचित्र “बेवाच” को ट्रेलर रिलिज भएको छ । प्रियंकाको मुख्य भूमिका रहेको भनिएको यस चलचित्रको लामो समयदेखि चर्चा परिचर्चा भइरहेको थियो ।

तर, २ मिनेट लामो ट्रेलरमा प्रियंकालाई केही सेकेण्डका लागि मात्र देखाइएको छ । केही सेकेण्डलाई मात्र देखिएपनि प्रियंकालाई “बोल्ड र सेक्सी” देखाइएको छ । ट्रेलरमा ड्वेन जोनसन र ज्याक एफ्रनको भूमिका लागि बढी देखाइएको छ ।
निरास बने प्रियंकाका समर्थक
अमेरिकी टिभी शो क्वान्टिकोबाट अन्तर्रा्ष्ट्रिय स्टार बनेकी प्रियंकाले त्यसबाट निकै प्रशंशा बटुलेकी थिइन् । त्यही भएर बेवाचलाई लिएर उनका प्रशंशकहरु निकै प्रतिक्षारत थिए । तर, जब उनलाई मात्र केही सेकेण्डलाई मात्र देखाइयो, उनीहरु निरास बने । ट्वीटरमा उनको मजाक उडान थालियो ।
“द रक” ले दिए सफाइ
उनको खिल्ली उड्न थालेपछि ड्वेन जोनसन “द रक” ले प्रियंकको बचाउ गर्दै उनी चलचित्रको मुख्य हिस्सा रहेको बताएका छन् ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...