Saturday,April 21, 2018
  • :
  • :

मनोरञ्जन

डान्स सिक्दै महानायक राजेश हमाल

डान्स सिक्दै महानायक राजेश हमाल


काठमाडौं । सधैं सुटिङ स्पोट र कार्यक्रममा भेटिने अभिनेता राजेश हमाल बुधबार नृत्य सिक्दै गर्दा भेटिए । राष्ट्रिय नाचघरको प्रेक्षालयमा उनी नृत्य सिक्दै गर्दा भेर्टिका हुन् ।
क्याजुअल गेटअपमा रहेका हमालको साथमा अभिनेत्री मलिना जोशी पनि थिइन् । यी दुबैले “रातो टीका निधारमा” बोलकनो गीतमा नृत्य प्राक्टिक्स गरे । उनीहरुको नृत्यले चिसो मौसम तताई रहेको थियो । अभिनेता हमालले पुस ८ गते दुबईमा हुने नेफटा अवार्डका लागि नृत्य सिक्न थालेका हुन् ।

अवार्डकमा लागि राजेश र मलिना सहित करिश्मा मानन्धर, सलोन बस्नेत, साम्राज्ञी शाह, अनुप, रोहित रुम्बा, रीस्ता बस्नेत, छुल्ठिम गुरुङ, माला लिम्बु लगायतले नृत्य अभ्यास गरिरहेका छन् ।
राजेशले भने
– पहिलो पटक अवार्डमा नाच्दैछु र अलग अनुभूति भैरहेको छ ।
– पोहोर व्यक्तिगतकारणले कतार जान सकिँन तर, यसपटकको अवार्डलाई सफल बनाउन मेरो योगदान हुनेछ ।
–आफूद्धारा अभिनित फिल्मका अधिकांश पात्रहरु मजदूर, विगोही र श्रमिकद भएकाले लाखौं नेपाली श्रमिक कार्यरत युएईमा नृत्य प्रस्तुत गर्ने कुराले आफुलाई उत्साहित र भावुक तुल्याएको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...