Friday,November 24, 2017
  • :
  • :

विचार

स्वास्थ्यमा बिलाएको चेतना र अबको बाटो

स्वास्थ्यमा बिलाएको चेतना र अबको बाटो


डा. कमल पोखरेल
म तपाईंलाई १ घण्टाको समय दिन्छु । तपाईंले मलाई कति रुपैया दिनुहुन्छ ?
१ रुपैयँ ? २ रुपैया ?  कती ?
हरेक पेशाको  बराबर महत्व हुन्छ । तर पारिश्रमिक भनेको कामको प्रकृती हेरेर नै हुने गर्छ। एउटै खेलमा पनि कुनै खेलाडीलाई अरुभन्दा कैयौ गुणा धेरै पारिश्रमिक मिल्छ किनकि उसले त्यहि समयमा अरुले गर्न नसक्ने काम गरेर देखाउछ ।
अब आउनुस एउटा चिकित्सकको हिसाब गरौ । मानौं ओपीडीमा एउटा चिकित्सकले बिरामीलाई ५ मिनेट जाँचेर पठाउँदा वास्तवमै ५ मिनेट लागेको हो त ? यसका पछि लाग्ने बर्षौको मिहिनेतमा लुकेको समयको एउटा ठाडो हिसाब मात्र हेरौ न त ।

एमबिबिएस पढ्न एउटा चिकित्सकको कम्तिमा साढे ५ देखि ६ वर्ष लाग्छ । त्यसमा काम गर्ने  समय मात्र गन्ने हो भने १९,००० वर्किङ आवर्स (उन्नाइस हजार घण्टा) भन्दा बढी हुन आउछ । त्यसपछि रेसिडेन्सी, जुन कम्तिमा ३ वर्ष को हुन्छ, यसमा १२,००० वर्किङ आवर्स (१२,००० घण्टा) भन्दा बढी हुन आउछ ।
त्यसपछि एउटा चिकित्सकले औसतमा हप्ताको ६० घण्टा काम गरिरहेको हुन्छ। जुन अरु धेरैजसो पेशा भन्दा १ दशमलव ५ गुणा ले बढी हो ।
६० बर्षको उमेरसम्म यसरी  एउटा डाक्टरले काम गर्दा कम्तिमा ३० वर्ष अवधि काम गर्छ। यसको १ दशमलव ५ गुना भनेको ४५ वर्ष हुन्छ ।
यसको मतलब डाक्टरले ३० बर्षमा गर्ने काम गर्न सामान्य रुपमा अरुलाई ४५ वर्ष लाग्ने रहेछ ।
समयको ठाडो हिसाब त हेरियो ।

पैसा कति खर्च हुन्छ त चिकित्सक बन्नको लागि ? त्यो म कुरा गर्न चाहन्न किनकि कुनै चिकित्सकले कहिल्यै पनि आफुले खर्च गरेको पैसा उठाउने उद्धेश्यले बिरामी जाच्ने गर्दैन र गर्नु पनि हुदैन ।
जुन देशमा समयको मूल्यको प्रवाह छैन त्यहा यो समयको मूल्य कति भनेर जान्न खोज्नु नै मुर्ख्याई हुन सक्ला तर आप्mनो कामको अवमुल्यन हुदा हुदै पनि आँखा चिम्लेर बस्नु भनेको आप्mनो पेशाको अपमान गर्नु  हो ।

मेरो हरेक पेशा प्रति उतिकै सम्मान छ र कुनै पेशा प्रति पूर्वाग्रह छैन तर आप्नो पेशाको मुल्यांकनको लागि आप्mनै स्वास्थ्य क्षेत्रको एउटा उदाहरण लिएर तुलना गरौ ।
हेल्थ असिस्टेण्टको पारिश्रमिक र डाक्टरको पारिश्रमिकमा एकदम न्युन भिन्नता रहेको छ। बिरामी जाच्ने लाइसेन्स पाउन मात्र एउटा एमबिबिएस चिकित्सकलेहेल्थ असिस्टेण्टको भन्दा १९००० घण्टाको समय बढी खर्चेको हुन्छ । तर यो लामो ट्रेनिंङका लागि तपाईलाई सरकारले एक घण्टाको हिसाबले हेल्थ असिस्टेण्टको भन्दा केवल ५० पैसा बढी दिने गरेको रहेछ । एमडी डाक्टरलाई त त्यो भन्दा पनि कम ।

कडा मिहिनेत, असामान्य समयमा डियुटी अनि धेरै तनाब हुने काममा पक्कै पनि अरुभन्दा राम्रो पारिश्रमिक पाउन पर्छ। कुनै बिरामीको उपचार गर्दा एकातिर बिरामीलाई निको पार्न पर्ने चिन्ता हुन्छ त अर्को्तिर डकुमेन्टेसन गर्द ती कुरा मात्र लेख्न पर्ने हुन्छ जुन कानुन रुपमा पनि बलियो होस् । यहा त कानुनसम्म पुग्नै पर्दैन । कानुनले फैसला नगरी आममानिस र हाम्रो देशको मिडियाले नै घोषणा गरिसक्छन् डाक्टरले बिरामी मार्यो भनेर ।

अनि सामुहिक बेइज्जतसम्म गरेर काम गर्ने मान्छेको आत्मबल नै सुन्य बनाइदिन्छन् । जहिले पनि यसरी निरन्तर दोहोरो तनावमा गुज्रिरहनुपर्ने, पढाइ अनि कामको व्यस्तताले  गर्दा परिवार अनि आफन्तलाई दिन नसकेको समय, बिग्रिएका आत्मीय सम्बन्धहरुबाट हुने मानसिक पीडा, यी यावत कुराहरुलाई कदापी पैसाले भर्न सकिन्न ।

एउटा बिरामीको जति नै सानो पिडा किन नहोस् त्यसको निदान गर्दा उसलाई हुने खुसीको तुलना पैसासंग गर्न सकिदैन। तर यी सब कुराको क्षतिपूर्ति वा इनामको रुपमा चिकित्सकलाई कुनै रुपमा सम्बोधन त हुनै पर्छ नि, होइन र ?
बिरामी र देशको स्वास्थ्य सेवामा दिगोपन ल्याउन टेवा पुर्याउने चिकित्सकहरुलाई प्रोत्साहित गर्ने गरी राम्रो इनाम पाउनुपर्दैन ?
कति पाउने त ? कति हो उचित ?

एउटा मात्र संस्थामा काम गर्दा पनि जीविकोपार्जन गर्न सक्ने हुनुपर्यो। कम्तिमा पनि अहिलेको भन्दा २०० प्रतिशतले बढी । यसरी बढाउदा सरकारले धान्न सक्छ त ?
६०१ जना सभासदलाई कसको कति शैक्षिक पृष्ठभूमि भन्ने कुरा को लेखाजोखा गरेर होस् या देशलाई ती सबैले दिइरहेको अतुलनीय योगदानको कदर गरेर होस्, सबैको तलब बढाउंदा देशले धान्न सकेकै छ भने अनुसासन (बिज्ञान)को एउटा फिल्डमा रहेर समाजलाई योगदान गर्नेहरुले आवाज उठाउदा सम्बोधन नहोला त ?
 अब धेरै चिकित्सकको प्रश्न हुन्छ कि यो गर्न सकिन्छ र ?

देशको एउटा दक्ष जनशक्ति भएर पनि सरकार र चिकित्सक संघलाई मात्र गाली गर्ने तर समाधानको उपाय लिएर आउन नसक्ने निकम्मा जनशक्ति हो चिकित्सक ?
आप्mनो चेतना नखुलेको, आप्mनो दिमाग अनि कलममा रहेको शक्तिको हेक्का नरहेको जनशक्ति हो चिकित्सक। एकतामा कति शक्ति हुन्छ भन्ने थाहा नभएको जनशक्ति हो । पढाई अनि प्राइभेट प्राक्टिसमा रुमलिदा आप्mनो पेशाको स्टाटसको मतलब नराख्ने जनशक्ति हो चिकित्सक ।

आप्mनो पेशाको हितको लागि चाहने हो भने एक दिनमा सबथोक गर्न सकिन्छ। यहा बनेका चिकित्सक संगठनहरु के का लागि हुन् ? ती संगठनहरु बन्नको लागि मात्र बनेका छन् ।

हाम्रो जस्तो निकम्मा सरकार भएको देशमा यतिकै सम्बोधन गर्छ तपाईका समस्याहरु ? बलियो भएर अगी बढ्न सक्नु पर्यो नि ।
शक्ति उनीहरुको हातमा छ भन्ने केवल भ्रम मात्र हो । शक्ति त हाम्रै हातमा छ । सम्पूर्ण चिकित्सक एकजुट भएर अगाडी बढ्नुस त, तपाइको समस्याको सम्बोधन हुन्छ कि हुदैन ? सबैको साझा समस्यालाई लिएर अगी बढ्ने हो भने कसले समर्थन गर्दैन ? गोविन्द केसी अनसन बसेको २ हप्तासम्म कतिपय चिकित्सकलाई (आइएम विथ डा. केसी) भनेर फेसबूकमा लेख्ने सम्मलाई पनि उनका माग के छन् भन्ने थाहा थिएन । 

आप्mनो पेशाको यस्तो माग लिएर हिड्नुस कि तपाई अघि बढेको २ हप्ता अगावै नै सबै हाम फाल्न तयार होउन्। कसले दिदैन तपाइलाई साथ ? मेरो यो आह्वान हामी माथि रहेका (गोदान, रेसिडेन्ट डा एसोसिएसन, नेपाल डेन्टल एसोसिएसन) लगायतका सम्पूर्ण चिकित्सक संगठनहरुलाई हो ।
चिकित्सक संघले गर्दैन भने तपाईहरुको कुनै अस्तित्व नै छैन ?

संगठन बनाएर पनि केवल आप्mनो पेशाको हितको लागी केहि त गर्न सक्नुहुन्न भने सरकारलाई कुनै पनि कुरामा गाली गर्न छोड्नुस र आप्mनो आत्मसम्मान छ भने संगठन पनि छोड्नुस ।
अन्तिममा हाम्रो अभिभावक, हाम्रो सरकार, हाम्रा माननीय मन्त्रीज्यूहरु, नेपालका सम्पूर्ण चिकित्सकको पारिश्रमिक बढाउंदा देशलाई भार पर्नुको सट्टा स्वास्थ्य सेवामा सुधार भएर जाने कुरा सोच्नु भएको छ ?
उचित पारिश्रमिकमा काम गर्दा चिकित्सकहरुलाई प्रोत्साहन हुने, सरकारी सेवाप्रति आप्mनो अझै बढी दायीत्वबोध हुने, प्राइभेट प्राक्टिसको केही हदसम्म नियन्त्रण हुने र समग्रमा स्वास्थ्य सेवाको गुणस्तर नै बढेर जान्छ।

चिकित्सकरुले २४ घन्टा नै स्वास्थ्य सेवा पुर्याइरहेको अवस्थामा पनि दूरदर्शी सोच नराखी १० बजे देखि ५ बजे सम्मको ओपीडी सेवा राख्दैमा स्वास्थ्यको गुणस्तर बढ्ने सोच्नु भनेको चिकित्कहरुलाई पेल्न मात्र खोजेको देखिन्छ ।

चिकित्सकको तलब २०० प्रतिशतले बढाएर हेर्नुस्, १० देखि ५ सम्म कसले गर्दैन ? चिकित्सकको कमी भएको स्थानमा पनि चिकित्सक पुर्याउने राम्रो उपाय हुन्छ उचित पारिश्रमिक दिने । जसले गर्दा एकतिर जनशक्तिको कमीले रेफर गर्ने अवस्था घट्छ त अर्को्तिर भएर पनि प्रयोग नभएका पुर्वाधार प्रयोगमा आउनाले सरकारी लगानीको प्रतिफल बढ्छ । सरकारी सेवामै विश्वास बढ्छ । यसले गर्दा आम मानिस बिरामी पर्दा कहाँ जाउँ भन्ने अलमलको स्थिति पनि कम हुनाले स्वास्थ्य सेवा जनताको पहुचमा पुग्छ ।

देशमा धेरै चिकित्सक उत्पादन भैरहेको अवस्थामा एकदिनमा एउटा चिकित्सकले सिमित संख्यामा मात्र बिरामी हेर्न पाउने व्यवस्था पनि छिटै ल्याउन सकिन्छ ।
सिमित बिरामीलाई हेर्दा पनि उचित पारिश्रमिक पाउदा चिकित्सकलाई पनि आत्मसन्तुष्टी हुने, बिरामीलाई पनि । यसले बिरामी र चिकित्सकको बिग्रिरहेको सम्बन्धमा पनि सुधार हुन्छ र देशको समग्र स्वास्थ्य सेवा एउटा अनुशासन अनि प्रगतिको बाटोमा हिड्न सम्भव छ ।

नत्र डाक्टर बन्ने अनि जति सक्यो त्यति ठाउ धाएर पैसा कमाउने । न त आप्mनो जीवनस्तर उकास्ने अवस्था आउछ न त आत्मसन्तुष्टी । आज अन्यायको बीचमा पनि हामि सबै मौन भए भोलि आप्mनै अस्तिवको लागि लड्न  गाह्रो पर्ला । (साभारः स्वास्थ्य खबर डटकम)

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...