Friday,November 24, 2017
  • :
  • :

सम्पादकीय

भ्रममा नपर


नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिमरा बिमान स्थलमा स्वागत गर्न केहि सय मानिस मोटरसाइकल र जिपमा चढेर गएका थिए ।ती मानिसहरुको संख्या देखेर एमालेका एकजना नेताले ओलीको स्वागतमा मधेशी युवा ओर्लिए भने अभिव्यक्ति फेसबुकको भित्तामा टा“से ।युट्युबमा भीडीयोपनि देखाइयो ।

तर त्यो केहि सयको भीडमा मधेशी युवाहरु नाम मात्रको देखिए ।हरेक भुगोल र समुदायमॉलोभी पापी’हुन्छन ।यसको अर्थ ती भुृगोल र समुदायका सबै त्यस्तै हु“दैनन ।मधेशका बासिन्दाहरु सचेत र इमान्दार हुन अझै केहि समय लाग्न सक्छ ।मधेशी जनता जागरुक हुन लागेका छन ।आफना अधिकारका लागि मधेशी जनता सचेत हुने बितिकै एमाले जस्ता ‘नस्लवादी’दलहरुको पतन सुरु हुनेछ ।

चिनिया रकम खाएर देस टुक्रयाउन उद्यत रहेका एमालेका नेताहरुको त्यो चाहना पुरा हुन सक्दैन ।एमालेको कृयाकलाप देसहितमा देखिदैन ।देसहित विपरित कार्य गर्ने दललाई मधेशी जनताले स्विकार गर्दैनन ।

मधेशी जनता राष्ट्र र राष्ट्रियताप्रति बढी इमान्दार भएको प्रमाणहरु प्रस्तुत गर्नुपर्ने आवश्यकता छैन ।मधेशी जनताले कुनै देसको दानापानी खाएर देसहित विपरित कार्य गर्दैन ।

चिनियाको रुपैया खाएर राष्ट्रियताको दुहाई दिने नेताहरुको पछाडी मधेशी जनता लाग्दैनन । अध्यक्ष ओलीको पक्षमा मधेशी युवाहरु लागेको भए उनको कार्यक्रम कलैयामा हुनुपथ्र्यो । पहाडी जिल्लाहरुबाट भाडाका मानिस बटुलेर मधेशी युवाहरुको भीड भएको भ्रममा पर्नु,पार्नु ठिक होइन । नेताहरुपनि एमाले भन्न सक्ने अवस्था कमजोर बन्दै गएकोछ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...