Friday,November 24, 2017
  • :
  • :

सम्पादकीय

तत्काल फोहर व्यवस्थापन गर


लाखौको संख्यामा श्रद्धालुहरुको सहभागिता हुने रामजानकी बिबाहमहोत्सवमा अधारभूत व्यवस्थाहरु नगरिदा सहभागीहरुले सास्ती भोग्नु परेकोछ । आवास, शौचालय, पानी जस्ता अधारभूत सुबिधाहरु मेलाका सहभागीलाई सहज रुपमा उपलब्ध हुने व्यवस्था गरिनुपर्छ ।

मेला व्यवस्थापनको सबै भन्दा महत्वपूर्ण पक्षहरु मध्ये फोहर व्यवस्थापनपनि प्रमुख हो । सहभागिहरुका लागि पिउने पानी र शौचालयको प्रबन्ध गर्ने जिम्मेबारी जनकपुर उपमहानगर पालिकाले लिएको थियो । तर उक्त जिम्मेबारी निर्वाह नगरिएको कारण नगर क्षेत्रको प्रमुख स्थलहरु जानकी मन्दिर, राममन्दिर लगायतका स्थान वरिपरि दुर्गन्धित भएकोछ ।

शौचालयहरुको अप्रयाप्तताले मानिसहरु जथाभावी दिसापिसाब गरेकाछन । हुनत यस्तो अव्यवस्था पहिलो पटक देखिएको छैन । हरेक वर्ष बिबाहपञ्चमी पछि हप्तौ दिन सम्म नगर क्षेत्र दुर्गन्धित बनेको हुन्छ ।तर नगरपालिकाले पाठ सिक्दैन ।नगर क्षेत्रमा आवश्यक मात्रामा सार्वजनिक शौचालय छैन ।भएका शौचालयहरुको व्यवस्थित रुपमा सञ्चालन नहु“दा प्रयोग गर्न लायकको छैन । जिल्लामा खुल्ला दिसामुक्त अभियान चलिरहेकोछ । दर्जन जति गाविसहरु खुल्ला दिसामुक्त घोषणा भएकाछन ।

तर नगर क्षेत्रकै अवस्था दयनिय छ । नगरमा सार्वजनिक शौचालयको अभाव हु“दा खुल्ला दिसामुक्त कार्यक्रम सञ्चालन गरिएको छैन । नगरको कयौं बस्तीहरुमा व्यवस्थित रुपमा सार्वजनिक शौचालय सञ्चालन गर्नुपर्ने अवस्था छ । मेला आयोजना भन्दापनि व्यवस्थापन पक्षतिर बढी ध्यान दिनुपर्छ । हाल तत्काल फोहर व्यवस्थापन गर्नुपर्छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...