Tuesday,January 23, 2018
  • :
  • :

सम्पादकीय

सरकारी उदासिनता


नेपालको तराईमा लाग्ने सर्वाधिक ठूलो मेला रामजानकी बिबाहमहोत्सवमा सरकार उदासिन देखिएकोछ ।लाखौ  श्रद्धालु नरनारीहरु सहभागि हुने रामजानकी बिबाहमहोत्सवमा सरकारी स्तरबाट कुनै काम भएको छैन ।सरकारले मेला व्यवस्थापनका लागि चाहिने आवश्यक बजेट उपलब्ध गराएको छैन । गुठी संस्थानपनि मौन छ ।सरकारले तराईको विकास निर्माणप्रति मात्र नभै धार्मिक,सांस्कृतिक कार्यक्रममा समेत सहयोग गर्दैन ।

रामजानकी बिबाहमहोत्सव यस भेगका लागि ठूलो पर्यटकीय अवसर हो ।तर सरकारी उपेक्षाको कारण  परम्परागत औपचारिकतामा सिमित छ ।मेलालाई नेपाल र भारतको बिभिन्न भागहरुमा व्यापक प्रचार प्रसार गर्न सकिए सहभागिता दोब्बर बढन सक्छ ।बिबाहपञ्चमीको दिन मनाइने भगवान रामजानकीको बिबाहमहोत्सवमा सहभागि हुन ठूलो संख्यामा नेपाल र भारतबाट हिन्दू पर्यटकहरु आउने गर्छन । उनीहरु भगवानप्रतिको आस्थाले आउने र दर्शनगरि तत्कालै फर्किने गर्छन ।

श्रद्धालुहरुलाई जनकपुरधाम वरिपरिको तिर्थस्थलहरुको बारे जानकारी गराइ रोक्न सके आर्थिक गतिबिधि ब्यापक बढनेछ ।तर सरकारले मेला व्यवस्थापनका लागि चासो लिएको छैन ।रामजानकी बिबाहमहोत्सवप्रति गुठी संस्थानले समेत चासो देखाउदैन । गुठी संस्थानले वर्षेनी यहा“बाट करोडौ रुपैया असुलगरि लग्छ ।  तर मठमन्दिरहरु सञ्चालन गर्न खर्च गर्दैन । रामजानकी बिबाहमहोत्सवमा गुठी संस्थानको योगदान छैन । लाखौ मानिसको सहभागिता रहने मेलालाई व्यवस्थापन गर्न सरकारी उदासिनता ठिक होइन ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...