Friday,November 24, 2017
  • :
  • :

विचार

चौकी हान्न जा“दा जब साथी शहीद भए‘

चौकी हान्न जा“दा जब साथी शहीद भए‘


हरिहर विरही

कुनै पनि संगठनमा सबै काम सुझबुझ अनुसार हुँदैन । झन् सशस्त्र क्रान्तिको समयमा त कतिपय कुराको तारतम्य मिल्दैन । नेपाली कांग्रेसले सशस्त्र क्रान्ति गर्दा पनि केही यस्ता घटना भए । राम्रो योजना र सूचना बेगर भएको आक्रमणले पार्टीलाई धेरै नोक्सान भयो, होनहार कार्यकर्ताहरु गुमे ।
त्यो समयको यस्तै एउटा प्रतिनिधि घटना मेरो जानकारीमा छ ।

०३० सालको आखिरीतिरको कुरा हो । म निर्वासित रुपमा भारतको सीतामढीमा बस्न थालेको थिएँ । नेपालमा प्रशासनले वारेन्ट जारी गरेर समात्ला जस्तो भएपछि म त्यहँ गएको थिए । एकदिन मलाई भेट्न कांग्रेस कार्यकर्ता तथा मेरा घनिष्ट मित्र केशव कोइराला जनकपुरबाट आए । हामीले सगै सिनेमा हेरयौं ।
नयँ हिन्दी सिनेमाहरु रिलिज हुनेबित्तिकै सीतामढीको हलमा लाग्थ्यो । सिनेमा हेर्न जनकपुर, जलेश्वर, मलंगवातिरका मान्छे त्यहा आउथे ।

त्यसरी मान्छेहरुको आउजाउ भइरहने भएकोले जनसम्पर्क गर्न सजिलो होस् भनेर नेपाली कांग्रेसले सीतामढीमा जनसम्पर्क कार्यालय र क्याम्प खोलेको थियो । क्याम्पमा वासु कोइराला (वासुदेव शरण), म, स्मृतिनारायण चौधरी, रामचन्द्र तिवारी, गंगाबहादुर क्षेत्री लगायत १० जना बस्थ्यौं । संगठन विस्तारमा राम्रो टेवा दिएकोले कांग्रेसको धेरै क्रियाशील शिविरमध्ये सीतामढी पनि मानिन्थ्यो । हामी सिनेमा हेर्न जादा एकजना पुराना सहपाठी पनि भेटिए । उनी (नाम नभनूँ) मलंगवामा बैंकमा काम गर्दा रहेछन् । सिनेमा हेरिसकेपछि चिया खान हामी तीनै जना रेष्टुराँमा पस्यौं ।

केशवले उनलाई कन्भिन्स गर्न खोजे, ‘जागिर खाएर के बस्छौ, देशभरि हाम्रो संगठन विस्तार भइसकेको छ । छिटै ठूलो क्रान्ति हुन्छ
उनी पार्टीका मान्छे नभए पनि शुभचिन्तक थिए । कुनै बेला स्कूलमा सँगै पढेकोले हामी खुलेर गर्न थाल्यौं ।

साथीले भन्यो, ‘तिमीहरुले राम्रो गरयौ यार । यस्तो अवस्थामा बस्न मलाई पनि दिक्क लागिसक्यो । सबै छोडेर तिमीहरुकै पछि लागूँ जस्तो लागिरहेको छ । तर, पार्टीमा लागेपछि कसले हेर्ला मेरो भविष्य ?’

मैले प्रस्ताव राखे, ‘त्यसो भए हामी सहकार्य गरौं । तिमी बैंकमा छौ । हामी बैंक लुट्न आउँछौं, तिमीले मद्दत गर्नुपर्छ ।’
उनले भने, ‘लाग्ने हो भने सकिन्छ नि ।’ बैंकको ढुकुटीको साचो म्यानेजरका साथै उनीसँग पनि हुने रहेछ । तर, उनले बैंक लुटपाटमा लाग्दा आफू थुनिने वा मारिने चिन्ता गरे । आफू र परिवारको भविष्यको ग्यारेन्टी हुने हो भने साथ दिने प्रतिक्रिया दिए । हामीले प्रस्ताव राख्दा सुरुमा उनी निकै आत्तिए जस्तो देखिए पनि कुरा गर्दै जादा उनले पूरा मद्दत गर्ने बताए ।

छट्टिनुअघि केशवले उनलाई अझ कन्भिन्स गर्न खोजे, ‘जागिर खाएर के बस्छौ, देशभरि हाम्रो संगठन विस्तार भइसकेको छ । छिटै ठूलो क्रान्ति हुन्छ । राजाले आत्मसमर्पण गर्छन् । त्यसपछि राज्य त हाम्रै हुन्छ । त्यही भएर पार्टीमा लाग्ने हो भने ठीक समय यही नै हो है ’
ती साथीले सहमति जनाउँदै केही दिनपछि भेटौंला भनेर बिदा भए ।

केशवले उनलाई एक हप्तापछि मलंगवा आएर भेट्ने बताए । माइन्ड मेकअप गर्न र घरको बन्दोबस्त पनि मिलाउन सुझाए । साथीले बैंक लुट्न कति जना आउने, कति वटा हतियार चाहिने, लुटेको पैसा कसरी सीमाबाट कटाउने भन्ने सबै विषयमा मलंगवामै छलफल गर्ने बताए । एक हप्तापछि केशवले उनीसंग छलफल पनि गरे ।
केशवले मलाई भने, ‘यो मान्छेको पिछा अब म छोड्दिनँ । यो काम गर्न सकियो भने गजबकै काम हुन्छ । जसरी भए पनि म गरेरै छोड्छु ।’
केशव अलि साहसी खालकै थिए । पार्टीको लागि केही गरुँ र अरुले गरेको भन्दा जोखिमपूर्ण काम गर्नु भन्ने सोच राख्थे । जेलमा बस्ने, पर्चा छर्ने, नारा लाउने जस्ता कामलाई सामान्य मान्दै उनी त्योभन्दा भिन्न काम गरुँ भन्ने इच्छा राख्थे । पार्टीले भनेपछि के ठीक के बेठीक भन्ने नसोची आखा चिम्लिएर निष्ठा र दृढताका लाग्ने कार्यकर्ता थिए ।

बैंक लुट्ने मिसन पूरा गर्न उनी एकदम ध्याउन्नका साथ लागे ।
केही दिनपछि राजा वीरेन्द्रको राज्याभिषेक हुन लागेको थियो । महेन्द्रको मृत्युपछि ०२८ सालमा उनी राजा भइसके पनि राज्याभिषेक हुन भने बँकी नै थियो ।
त्यही मेसोमा नेपाल सरकारको आग्रहमा भारत सरकारले हामीलाई सीतामढीको क्याम्प बन्द गर्न भन्यो । क्याम्प बन्द गरी हामीलाई पनि बोर्डरबाट ५० माइलभन्दा बाहिर जान दबाब दियो । हामीले अब के गर्ने भनेर बीपी कोइराला र गिरिजाप्रसाद कोइरालासग कुरा गर्रुयौं ।

उहँहरुले भन्नुभयो, ‘भारतमा त्यहँको प्रशासनसँग भिड्नु राम्रो हुदैन, दुइटै सरकारको आपसमा मिलेमतो छ । त्यसैले अहिलेलाई क्याम्प बन्द गरौं । तिमीहरु जहाँ सजिलो र अनुकूल हुन्छ, त्यहँ गएर बस ।’ त्यसपछि वासुदेव कोइराला र म खर्साङतिर लाग्यौं । त्यहा हाम्रो पुराना मित्र प्रेम प्रधानको घर थियो । यता केशव भने मलंगवामा त्यही साथीसँग सम्पर्कमा रहदै उद्देश्यमा लागिरहेका थिए ।

    सशस्त्र क्रान्ति बीपीको आह्वानमा सुरु भए पनि हातहतियार र त्यससम्बन्धी खटनपटनमा बिपीको प्रत्यक्ष संलग्नता हुँदैनथ्यो । ती सबै काम गिरिजाबाबूले गर्नुहुन्थ्यो । ती साथीले आप्mनो र परिवारको भविष्यको ग्यारेन्टी गर्ने शर्त फेरि जोडसग उठाउदै नेताहरुले पनि ग्यारेन्टी लिनुपर्ने कुरा राखे ।

त्यो सन्देश लिएर केशव बनारसमा गिरिजाबाबूलाई भेट्न गए । सशस्त्र क्रान्ति बीपीको आह्वानमा सुरु भए पनि हातहतियार र त्यससम्बन्धी खटनपटनमा बिपीको प्रत्यक्ष संलग्नता हुँदैनथ्यो । ती सबै काम गिरिजाबाबूले गर्नुहुन्थ्यो । केशवको कुरा सुनेपछि गिरिजाबाबूले भन्नुभयो, ‘यो (बैंक लुट्ने) काम तुरुन्तै गर्नुपर्रुयो । उसले जे शर्त राख्छ, हुन्छ भन । हतियार के–कति चाहिन्छ लिएर जाऊ ।’ त्यो बेला क्रान्तिको लागि पैसा र हतियार चाहिएको अवस्था थियो । केशव उत्साहित भएर पेस्तोल र केही बमहरु पनि लिएर सीतामढी आए । हतियार उनले गणेश नेपालीको डेरामा लुकाएर राखे, जो त्यतिखेर निर्वा्सित भएर सपरिवार सीतामढीमा बसिरहेका थिए । त्यहा गएको बेला केवक उनकै डेरामा बस्थे ।

हतियार ल्याइसकेपछि केशवले मलंगवाको साथीलाई ताकेता गर्न थाले, ‘भोलि आऊ कि पर्सि आउ“m ? मिति तोक ।’ साथीले एक हप्ताको समय मागे । तर, आखिरमा आलटाल गर्दै गएपछि केशव निराश भए ।
उता गिरिजाबाबूले के प्रगति भयो भनेर सोधिराख्ने, यता साथीले धोका दिए जस्तो भयो । साथीको नियत धोका दिने खालको त थिएन, उनले खासमा हिम्मत गर्न सकेनन् । योजना त्यत्तिकै तुहियो । बैंकमा हानेर पार्टीका लागि पैसा जुटाउने योजना टरेपछि केशव छटपटाउन थाले । अब अर्को केही योजना बनाउनुपर्रुयो भनेर लागे ।
सीतामढीमा गणेश नेपालीका साथै बलराम शर्मा, धु्रुव साह, रामजीवन सिंह लगायत महोत्तरीका धेरै साथीहरु थिए । उनीहरुबीच सरसल्लाह हुदा महोत्तरी र बिहारको बोर्डरमा पर्ने भिठामोडमा हमला गरौं भन्ने कुरा भएछ । त्यही बीचमा अर्को प्रस्ताव आयो, ‘सिमानामै रहेको मटिहानीको पुलिस चौकीमा हानौं । त्यहँबाट भागेर बोर्डर कट्न पनि सजिलो पर्छ ।’
त्यतिखेर पञ्चायती सरकारलाई चुनौती दिदै पुलिस चौकीमा हान्ने र भाग्ने नीति नै थियो । त्यसै क्रममा भिठामोड र मटिहानीमा हमला गर्ने योजना बन्यो । ०३१ असार मसान्ततिरको कुरा हो यो । मटिहानीमा ठूलो संस्कृत विद्यालय छ, त्यहाँ पढ्ने विद्यार्थीमध्ये धेरै हाम्रा परिचित दाजुभाइहरु थिए । त्यो कारणले पनि केही गरी भागेर लुक्नुपर्रुयो भने छात्राबास छ भनेर केशवले मटिहानीलाई प्राथमिकतामा राखेका थिए । तर, त्यहीको चौकीमा आक्रमण गर्ने क्रममा केशव शहीद भए ।
केशव मारिएको जानकारी मैले लक्ष्मण उपाध्यायबाट पाए, जो पछि ओखलढुंगा काण्डमा शहीद भए । बीपीले बोलाएपछि म खर्साङबाट बनारस जँदै गर्दा बाटोमा गणेशमान सिंह बसेको ठाउँमा गएको थिएँ । त्यतिखेर गणेशमान गोरखपुरमा बस्नुहुन्थ्यो । त्यही रहेछन् लक्ष्मण उपाध्याय । उनले केशवको खबर सुनाउँदा म झस्किएँ । एकछिन रोएछु ।

मलाई के लाग्छ भने, केशव कदाचित मटिहानीमा नमारिएको भए सायद ओखलढुंगामा मारिन्थे । किनकि केही न केही गरिहालूँ भन्ने उनको भावना थियो । उनको नियतिमा शहीद बन्नु नै लेखिएको रहेछ ।

सशस्त्र आन्दोलनको क्रममा कयौं यस्ता घटना भए, जो आवेशमा आएर कुनै योजना बेगर भए । प्रश्न हुन सक्छ, त्यहँ आक्रमण गर्नु कत्तिको ठीक थियो ? सफल नै भएको भए पनि उपलब्धि के हुन्थ्यो ?
मलंगवामा बैंक लुट्न सफल भएको भए बेग्लै माहौल हुन्थ्यो । तर, त्यसमा असफल भएको प्रतिक्रिया स्वरुप मटिहानीको योजना बुनियो । त्यसबाट परिणाम के हुन सक्छ भनेर ख्याल गरिएन ।

हतियार लिएर आए पनि केही नगरी बस्दा नेताहरुलाई के जवाफ दिने, गफ मात्रै दिने फटाहा रै,  छ भन्ने पर्ला कि भन्ने मनोविज्ञानले साथीहरुलाई काम गरेको देखिन्छ ।
मटिहानीमा आक्रमण गर्न जानेमध्ये महेश कोइराला भन्ने एक जना भाइ थिए, जो पछि ओखलढुंगामा शहीद भए । उनी केशवसँग अझ निकट थिए । उनले आक्रमणको क्रममा केशव दाइलाई पिठ्यूँमा गोली लागेको र आफूले हिलो खेतबाट बोकेर आलीमा राखेर आएको बताएका थिए ।

तर, महोत्तरीका साथीहरुले आशंका के गरे भने, पुलिसले समातेर हत्या गरी त्यहा छाडिदिएको हो । उनीहरुले घटनास्थल पनि गएर हेरेका रहेछन् । त्यो बेलामा जनकपुरमा लीलाराज मिश्र अञ्चलाधीश र शमशेर बहादुर विष्ट एसपी थिए । तिनकै निर्देशनमा पुलिसले केशवलाई समातेर गोली हानेर मारेको हो भन्ने ती साथीहरुको आशंका छ ।

यद्यपि सत्य के हो भनेर खोज्नेतर्फ कसैले ध्यान दिएन, न कुनै अनुसन्धानकर्ता, न सरकार, न त पार्टीले नै । यसमा सबैभन्दा बढी नेपाली कांग्रेस र यसका नेताहरुको जिम्मेवारी हुनुपर्ने हो, तर अग्रसरता देखिएन ।
(विरही वरिष्ठ पत्रकार हुन् । उनको यस वर्ष भदौमा ‘आगो निभेको छैन’ नामक संस्मरणात्मक कृति प्रकाशित भएको थियो ।)

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...