Friday,November 24, 2017
  • :
  • :

विचार

आज “डिसेम्बर–१” मा एड्स दिवसः जानुस र बच्नुस

आज “डिसेम्बर–१” मा एड्स दिवसः जानुस र बच्नुस

 


संयुक्त राष्ट्रसंघले सन् १९८८ मा गरेको घोषणा अनुसार प्रत्येक बर्ष डिसेम्बर १ मा एड्स दिवस मनाईन्छ । विश्वमा सबैभन्दा धेरै एड्स भएका मानिसहरू अफ्रिकामा बसोबास गर्छन र एड्सबाट मृत्यु हुने बालबालिकाहरु धेरै जसो अफ्रिकामा बस्छन् ।

धेरै यस्ता एचआईभी संक्रमित व्यक्तिहरुलाई आफनो संक्पीरमण बारे ज्ञान हुदैँन । त्यसैले पनि एआईभी पिडित ब्यक्तिहरूको संख्या यकिनका साथ भन्न गाह्रो छ । नेपालमा एचआइभी संक्रमितको संख्या भने घट्दै गएको तथ्यांक छ तर संक्रमितहरु खुलस्त नहुँदा वास्तविक तथ्यांक अझै स्पष्ट हुन सकेको छैन । हाल एचआइभी संक्रमितहरु एन्टिरेट्रोभाइरल थेरापीका माध्यमबाट औषधि प्रयोग गर्दै आएकाछन् । नेपालमा ४४ वटा केन्द्रहरु मार्फत संक्रमितहरुलाई एन्टिरेक्ट्रोभाइरल उपलब्ध गराइदै आएको छ । नेपालमा २०१५ मा एचआईभी संक्रमितको संख्या ३९,३९७ जना रहेको अनुमान छ ।

१४ बर्स मुनि उमर मा १५८९ जना ,१५–४९ वर्ष मा ३००७४ जना र ५० बर्स माथि उमर को ७७३३ जना रहे को छ ।  धरानको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब १३०८ जना एचआइभी संक्रमितहरुको दर्ता रहे को छ भने एन्टिरेट्रोभाइरल थेरापीका माध्यमबाट औषधि प्रयोग गर्ने ४८६ जना बयस्क र २७ जना बाल बालिका रहेको देखिन्छ ।” एड्स एउटा यस्तो लक्षण हो, जुन एचआइभी ले गर्दा शरीरमा उत्पन्न हुन्छ।यो एक यौन संक्रमित रोग हो। जथाभावी यौनसम्पर्क राख्दा मानिसहरू यो भाइरसको सिकार हुने गर्दछन् ।

तर यो भाइरस संक्रर्मित व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्म्लिकरण नगरिएका सिरिन्जको प्रयोगबाट , र्यालबाट, शरीरका अंगहरू प्रत्यारोपन गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चालाई समेत सजिलै सर्न सक्दछ। हाम्रो शरीरमा “एचरुरु.आइ.भी” पसेपछि सर्वप्रथम T-Lymphocyte कोषमा आक्रमण गर्ने गर्दछ र त्यसपछि बिस्तारै उक्त भाइरसले अन्य कोषहरूमा पनि प्रवेश गरि शरीरको रोगसँग लड्ने क्षमतालाई कमजोर बनाउदै लैजान्छ। यसरी शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएपछि मानिसको शरीरमा जुनसुकै रोगले सजिलै आक्रमण गर्न सक्दछ। यिनै बिभिन्न रोगहरूको लक्षणहरूको संगालोलाई नै एडस् भनिन्छ ।

एच.अई.भी. भनेको मानव शरिरमा मात्र जिवित रहने, अति सानो सुक्ष्म, मानव शरिरमा रहेको प्रतिरक्षा प्राणलीलाई अक्रमण गरि नष्ट पार्ने एक किसिमको जिवाणुलाई HIV भनिन्छ ।


एच : मानव
अई :  प्रतिरक्षा प्रणाली
भी : जिवाणु

उपचार बिना प्रतिरक्षा प्रणाली कमजोर हुदै जान्छ र नष्ट हुन्छ । अनि मानिसमा अन्य अवसरवादी रोगहरूले अक्रमण गर्दछ । यसरी मानिस शरिरमा एकै चोटि रोगहरूको विभिन्न लक्षणहरू देखा परि मानिस विरामी अवश्थामा पुग्दछ । यस समय मानव शरिरमा एड्सको विकास हुन्छ । यहि रोगहरूको संगालो वा समुहको कारण हुन पुग्ने अवश्थालाई एड्स भनिन्छ ।
एड्सका लक्षणहरु :
ज्वरो आउनु,वजन घट्नु,कुपोषणका लक्षणहरू देखिनु,छालाका विभिन्न समस्या आउनु,
पखाला लाग्नु,दाँत वा गिजाका समस्याहरू,मुख तथा घाँटीमा काई (सेतो) आउनु,खोकी वा स्वास फेर्न गाह्रो हुनु,चाँडै थकाइ लाग्नु वा कमजोरी हुनु आद्रि
संक्रमण कसरी हुन्छ ?
असुरक्षित यौन सम्पर्क र एचआईभीको संक्रमण,संक्रमित आमाबाट बच्चामा,एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंगहरु लिँदा,सुई तथा सिरिन्जको साझा प्रयोगबाट
एड्रुस बाट बच्ने उपाय के हो ?
सुरक्षित यौन व्यवहार अपनाउने,अंग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भएरनभएको कुरामा विशेष ध्यान पुर्रुयाउने,सधैँ सही तरिकाले कन्डमको प्रयोग गरी यौनसम्पर्क राख्ने
सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने,एचआइभी संक्रमित महिला गर्भवती नहुने,रगत दिँदा सो रगत संक्रमण भएरनभएको पक्का गर्ने,यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने,आफनो यौनसाथीलाई पनि उपचार गराउनु पर्छ ”
उपचार विधि
एच.अई.भी. लाई निर्मुल पार्न सक्ने दवाई अएको छैन । तर एउटा उपचार विधि छ जसलाई एन्टी रेन्ट्रोभाईरल थेरापी वा ब्च्त् भनिन्छ । जुन बिधि प्रयोग गर्दा शरिरमा रहेका एच.अई.भी. भाईरसलाई लठ्याई दिन्छ र एच.अई.भी. ले शरिरमा रहेर कुनै पनि गति विधि साथै बृदि विकास र चलखेल गर्न सक्दैन ।

र हाम्रो शरिरमा रहेको प्रतिरक्षा प्राणाली सक्रिया भई अफ्नो संख्यामा बृदि गर्दै सि.डी.४ बड्दै जाँदछ । र मानिस स्वास्थ्या वा सामान्य जिवन जिउन सक्दछ । तर स्वास्थ्य कर्मीको सल्लाह अनुसार नियमित र ठिक समयमा यसको सेवान गर्नु पर्दछ, यो उपचार विधि अत्यधिक प्रभावकारी रहेको छ ।
केही भ्रम, केही सत्य
साधारण सम्पर्क जस्तै अँगालो मार्ने, एउटै रुमालको प्रयोग गर्ने, जुठो खाने गर्नाले एचआईभी संक्रमण सर्दैन। साधारणतया रगत लिँदादिँदा पनि यो रोग सर्दैन किनकी त्यस्तो बेला एचआईभी लगायत हेपाटाइटिस बी जस्ता सर्नसक्ने रोगहरुको परिक्षण गरिएको हुन्छ। तर असुरक्षित यौनसम्पर्क, एउटै सई प्रयोग गरेमा, राम्ररी सफा नगरिएको सामानले टाटु गरेमा यो रोग सर्न सक्छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...