Tuesday,January 23, 2018
  • :
  • :

मनोरञ्जन

सफलताको शिखर चुम्दै गायक “शिशिर पन्ती”

सफलताको शिखर चुम्दै गायक “शिशिर पन्ती”


टुडे समाचारदाता
जनकपुरधाम, २७ कात्तिक । करिब दुई बर्ष अघि “शिशिर पन्ती” वैदेशिक रोजगारीबाट आफनो घर फर्के । गायन र गीत लेखनमा असाध्यै रुची राख्ने ठाकुर गायन क्षेत्रमा पसे ।

आफनै लगानीमा मां जानकी सेरिजको प्रस्तुतीसंगै उनले “कनिया हरागेल जनकपुरमे” नामक मैथिली गीति एलबम प्रस्तुत गरे । प्रथम गीति एलबमको धमाकेदार र बेजोड प्रस्तुतीले गीतप्रेमीहरुमा एउटा नयां उत्साह थप्न पुगे ।

प्रथम एलबमबाटै सफलता र ख्याती कमाउन सफल गायक शिशिर पन्ती फेरी दोस्रो भोजपुरी गीति एलबम “विदेशीया सैंया” त्यसपछि “सजना अहांक चाहतमे” मैथिली एलबम, “चुनरीया लायब नेपालसे” भक्तिगीति एलबम, “प्यारमे पागल”, “बम बम बोल रहा है देवघर”, “शिशिर चलल देवघर” जस्ता भक्तिमय गिति एल्बम प्रस्तुत गरी खुवै चर्चा पाउनुका साथै मधेसभरि नाम प्रख्यात गर्न सफल भए ।

शिशिर पन्तीको “श्रीमान् दुब्लो भयो रे” गितको बोलले स्थानीय स्तर सहित विदेशमा पनि धमाल मच्चाउन सफल भयो । लगातार गिति एलबमको प्रस्तुतिकरणले शिशिर पन्ती दर्शक र श्रोतामाझ चम्कन सफल भएको हो ।
यसका साथै, शिशिर पन्तीकै स्वरमा नयां एलबम “घडकनमा तिमी बस्छौ” नामक नेपाली भाषाका गिति एलबम एवम् भोजपुरी भाषाका “प्यारमे जुदाई” नामक एलबम समेत छिट्टै बजारमा प्रस्तुुत गर्ने गायक पन्तीले जनाए ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...