Friday,November 24, 2017
  • :
  • :

विचार

जनकपुरधाम कि लामखुट्टे धाम ?

जनकपुरधाम कि लामखुट्टे धाम ?



डा.अरुण कुमार सिंह

बालरोग विशेषज्ञ
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरान


  जगत जननी माता जानकीको जन्म थलो मा दिन प्रतिदिन  लामखुट्टे बढ्दै गइरहे को छ । हामी आफनो घर, वरिपरिको सडक, नाला सफाई स्वयंले र घरको फोहरको व्यवस्थापन पनि स्वयंले नै गर्नुपर्छ । नगरवासी स्वयंले कम्तिमा आ–आफना घर र वरिपरिको सडक नाला सफा नगरे सम्म नगर सफा हुन सक्दैन ।उचित सरसफाई भएन भने हाम्रो बाल बालिका ,युवा युवती  तथा बुद्धा सबै लाई मलेरिया ,डेंगु,चिच्केनगुनिया हुन सक्ने देखीन्छ ।

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरानबाट  फुर्सत भयो भने बिदा को दिन आफनो घर  जनकपुरधाम अउदा जता ततै लामखुट्टे माता जानकी को पवित्र जन्म थलोमा देखिन्छ । धरै लाई लामखुट्टे बारे मात्र बताउन कोसिस गरे तर हामी सबै मिलि सर सफाई गरे मात्र  लामखुट्टे बाट हुने रोग लाई कम गर्न सकिन्छ । नेपालमा १२  जिल्लाहरुलाई मलेरियाको जोखिम अनुसार प्राथमिक जिल्लाका रुपमा छुट्याइएको पाइन्छ, सुदुर पश्चिममा डडेल्धुरा , कंचनपुर, कैलाली र बर्दिया, मध्य तराईमा नवलपरासी, मध्य पूर्वमा सिन्धुली, महोत्तरी र धनुषा र पूर्वमा मोरंग, झापा र इलाम यी उच्च जोखिम जिल्लाहरुमा पर्दछन् ।
लामखुट्टे बाट औलो (मलेरिया) ,डेंगु,चिच्केनगुनिया हुने हामी सबै लाई थाया नै छ । उचित जांच को कमि ले गर्दा परमाणित गर्न सकेको छन । लौ जानुस आखिर के हो त् यी रोग ?


औलो ( मलेरिया ) के हो ?
 औलोलाई अङग्रेजीमा मलेरिया भनिन्छ । यो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरहरूलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ । प्रायजसो यो रोग सङ्क्रमित पोथी एनफिलिज लामखुट्टेका कारणले सर्ने गर्दछ । लामखुट्टेले टोकेपछि औलोको परजीवी त्यसको र्याल हुंदै मानिसको रगतमा पुग्छ । त्यसपछि यो परजीवी कलेजोमा पुग्छ र वयस्क हुंदै सन्तान उत्पादन गर्छ । प्लाज्मोडियम समूहका पांच प्रजातिहरूले मानिसमा रोगको सक्रमण गराउंछन् भने तिनीहरू एक मानिस हुंदै अन्य मानिसहरूमा पनि सर्न सक्छन् । विश्वभर प्लाज्मोडियम फाल्सिपारमका कारणले सबैभन्दा बढी मानिसको मृत्यु भएको पाइन्छ । प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सक्रमण गराउंछन् । त्यस्तै अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा बिरलै रोगको सक्रमण गराउने गरेको पाइन्छ ।
औलो ( मलेरिया ) को लक्षणहरू के हो ?
औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन् । यो रोगले गम्भीर रूप लिएमा छाला पहेंलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ । लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ । औलोको राम्रोसंग उपचार गरिएन भने केही महिनापछि दोहोरिन पनि सक्छ ।
औलो ( मलेरिया ) को उपचार
औलोको उपचारको लागि क्लोरोक्विन नामक अवधि प्रभावकारी छ भने क्विनिन, मेफलोक्विन जस्ता औषधिहरुको पनि आवश्यकता पर्ने सक्दछ । यसका साथै ज्वरो घट्ने, औषधिको अलावा झोलिलो खानेकुरा बढी खुवाउने, खुल्ला हावामा राख्ने, पातलो लुगा लगाइ दिने गर्नुपर्दछ
डेंगु के हो र यसको उपचार र बचने उपाय
डेंगु रोगी  हामी ले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी,ओ.पी.डी मा देखेको छौ ।
 भाईरसद्धारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग
सार्छ ।
डेंगु ज्वरो भनेको के हो?
यो डेंगु भाइरसको संक्रमणले गर्दा लाग्ने रोग हो । यो भाइरस ४ प्रकारका हुन्छन् । डेंगु भाइरस (१, २, ३ र ४) एक खालको भाइरसको संक्रमणबाट यो रोग लागेपछि जीवनभरलाई त्यो भाइरसबाट सुरक्षा मिल्छ, अर्थात् एकपटकको संक्रमणपछि लाइफ लंग इम्युनिटि हुन्छ । तर अन्य प्रकारका डेंगु भाइरसको संक्रमणबाट भने केहि समयलाई मात्र सुरक्षा हुन्छ र त्यो लागेपछि त्यसका जटिल समस्याहरु आउने सम्भावना बढेर जान्छ ।
डेंगु ज्वरोका तीन अवस्थाहरु हुन्छन् ।
१. साधारण डेंगु ज्वरो
२. डेंगु हेमोरेजिक ज्वरो
३. डेंगु शक सिन्ड्रोम

हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउंदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुंदा नियन्त्रण गर्न गाह्रो हुन्छ । यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु समेत हुन सक्छ ।
   डेंगु रोग मानिसबाट मानिसमा सोझै सर्दैन र सबै खालका लामखुट्टेले यसलाई सार्दैन । डेंगु ज्वरो लागेको विरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज)मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ । डेंगु ज्वरोको रोगीको रगत अरुलाई चढाउंदा, अंग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ ।  डेंगु  भाइरस एडिज लामखट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ ।यो ग्रामिणमा भन्दा शहरी क्षेत्रमा बढी पाईन्छ ।डेंगु भाइरसको सक्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन् ।
 सामान्यतया डेंगु भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन् । यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् ।यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ ।
चिकनगुनिया
सन् १९५२ मा तन्जानियामा पहिलो पटक देखिएको चिकनगुनिया विस्तारै पश्चिम, मध्य र दक्षिण अफ्रिकी क्षेत्र हुंदै एसियामा आएको हो । भारतको हरेक क्षेत्रमा यो रोग देखिएको छ । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान को ओ.पी.डी.मा इंडिया को  दिल्लीमा बसोबास गरि नेपाल आएको बालक लाई  चिकनगुनिया भयेको भने र उपचार को लागि जानकारी दियो । नेपालमा  कुनै  डाटा छेन,  २०१३ मे ३ जना लाई भयको थियो । भारत आवत जावत भेइ रहन्छ । चिकित्सक  लाई पनि  चिकनगुनिया बारे सोच्नु  पर्ने आज को आवश्कता हो ।

 चिकनगुनिया भाइरसबाट हुने संक्रमण हो । यो लामखुट्टेको सहयोगले सर्छ । यो संक्रमण एडिस एजिप्टी र एडिस एल्वोपिक्टस जातको संक्रमित लामखुट्टेले टोक्दा सर्छ । यी लामखुट्टले डेंगी भाइरस समेत सार्छन् । दिनको उज्यालोमा टोक्ने यी लामखुट्टे बिहान र अपराह्नपछि बढी सक्रिय हुन्छन् । एडिस एजिप्टीले घर भित्रसमेत टोक्ने गरेको छ । यो संक्रमण प्रत्यक्ष रूपमा नसर्ने जनाएको छ ।चिकिनगुनिया अफ्रिकी शब्द हो, जसको शाब्दिक अर्थ “मोडिदिनु ” हुन्छ । यो संक्रमण हुँदा उच्च ज्वरो आउंछ र हाडजोर्नी दुख्छ । मांसपेशीको दुखाइ, टाउको दुख्नु, वाकवाकी लाग्नु, थकान र बिमिरा निस्कनु यसका अन्य लक्षण हुन् । यो रोगको कुनै निदान छैन । यसको उपचार लक्षणका आधारमा गरिन्छ । संक्रमित लामखुट्टेले टोकेको दुइ देखि आठ दिनपछि सामान्य व्यक्ति बिरामी पर्न सक्छ । यो अवधि दुईदेखि १२ दिनसम्मसमेत हुन सक्छ ।
चिकनगुनिया को  लक्षण के हो ?
लामखुट्टेले टोकेको दुइ देखि आठ दिनपछि चिकनगुनिया के लक्षण नजर आउछ । चिसोले गर्दा अचानक ज्वरो चढ्नु ।टाउको, मांसपेशिहरु तथा जोडहरुमा दुखाइ हुनु । अत्यधिक कमजोरी लाग्नु, भोक मा एकदम कमी तथा मतमताउनु ।जिब्रो को स्वाद खराब हुनु ।घांटी मा हल्का दुखाइ हुनु।शरीर मा राता– गुलाबी छाप (रैश) निश्कन् सक्छ । अनुहार, घाँटी तथा छाती मा छरिएका दानाहरु जस्तै को छाप हुन सक्छन् । त्यस पछि यो छापहरु पनि स्पष्ट हुन थाल्छन् । प्रकाश सहन नसक्नु ।
लामखुट्टेबाट बच्ने उपाय ?
लामखुट्टेको नियन्त्रण गर्ने र त्यसको टोकाइबाट बच्ने हो । सुत्ने बेलामा झुल लगाएर सुत्ने, घर वरिपरि सफा राख्ने, फोहोर पानी जम्न नदिने, हातखुट्टा छोप्ने गरी लामा कपडा लगाउने, घर वरिपरि लामखुट्टे मार्ने औषधीहरु छर्ने गर्नुपर्छ। त्यस्तै सरकारी स्तरमा गांउशहरमा फोहर जम्नसक्ने खाल्डोहरु पुर्ने, लामखुट्टे मार्ने औषधीहरु छर्ने गर्नुपर्छ ।चिकित्सकीय सल्लाहपछि मात्र यस्ता ज्वरो र दुखाइनाशक औषधि उपयोग गर्नुपर्छ । हरेक घर बासी जथाभ्बी फोहर न फाल्ने ,सडक को सर सफाई गर्ने ,जथाभाबी दिसा पिसाब नगर्ने ,सम्बधित ठाउँ ठाउं सोचलाय हुनु पर्ने ,क्लब, सघ सगठन ,सरसफाई सम्बधित करियकम गर्नु पर्ने,नगरवासी स्वयंले कम्तिमा आ–आफना घर र वरिपरिको सडक नाला सफा नगरे सम्म नगर सफा हुन सक्दैन । यस तर्फ नगरपालिकाले ध्यान दिनु अत्यावश्यक छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...